नेता निधीले भने– नेपालमा १५ सय चिनियाँ जनमुक्ती सेनाको टोली आउँदै!

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारकाे चर्काे अालाेचना गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) को महामारीको समयमा स्वास्थ्य सहयोगको नाममा नेपालमा चिनियाँ सेना झार्ने तयारी भइरहेको आरोप लगाउँदै उपसभापति निधीले उक्त कार्य लोकतन्त्रको लागि सबैभन्दा खतरा भएको बताए ।

नेपाल प्रेस युनियनले आयोजना गरेको एक डिजीटल संवाद कार्यक्रममा बोल्दै कांग्रेस उपसभापति निधीले भने–‘कोरोना महामारीका कारण संक्रमितहरुको संख्या बढ्दै जाँदा उपचारका नाममा सरकारले चिनियाँ सेना झार्ने तयारी गरेको छ ।’

वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले शासन सत्ता चलाउने नैतिक अधिकार गुमाएको बताउँदै उपसभापति निधीले कोरोना महामारी बढ्दै जाँदा सरकार देशभित्रै पनि सेना परिचालन गर्ने र छिमेकी देश चीनबाट पनि सेना प्रवेश गराउने काममा लागेको भन्दै आक्रोश पोखे ।

स्वास्थ्य सहयोगीका नाममा आउने २ हजार जनाको चिनियाँ टोलीमा ५ सय जना स्वास्थ्यकर्मी भएपनि बाँकी १५ सय चिनियाँ जनमुक्ती सेनाको टोली आउन थालेको निधीको दावी छ ।

Facebook Comments