सुरक्षा परिषद्को स्थायी सदस्यता प्रदान नगर्दा राष्ट्रसङ्घकै विश्वसनीयतामा प्रश्न : जयशङ्कर

Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

काठमाडौं । भारतका विदेशमन्त्री एस जयशङ्करले भारतलाई संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्थायी सदस्यता प्रदान नगर्दा संयुक्त राष्ट्रसङ्घकै विश्वसनीयतामा प्रश्न उठ्ने बताएका छन् ।

दिल्ली विश्वविद्यालयमा बिहीबार आयोजित एक कार्यक्रममा विदेशमन्त्री जयशङ्करले दोस्रो विश्वयुद्धको समयमा गठन भएको विश्वसंस्थामा त्यतिबेला ५० सदस्य राष्ट्र मात्र रहेका तर अहिले एक सय ९३ देश सदस्य रहेकाले परिवर्तित समयअनुरुप राष्ट्रसङ्घको संरचनामा परिवर्तन आवश्यक भएको बताए ।

उनले भिटो शक्तिमा निहित पाँच स्थायी सदस्यलाई यात्रीवाह बसको पहिलो पङ्क्तिमा बस्ने यात्रीका रुपमा तुलना गर्दै उनीहरूले आफ्नो ठाउँ नछोड्ने बताए ।

अफ्रिकी, ल्याटिन अमेरिकी र जनसङ्ख्याका हिसाबले विश्वको सबैभन्दा ठूलो देश र पाँचौं ठूलो अर्थतन्त्रलाई भारतलाई सुरक्षा परिषद्बाट बाहिर राख्न नसकिने तर्क गर्दै त्यस गरेमा संयुक्त राष्ट्रसङ्घकै विश्वसनीयतामा प्रश्न उठ्ने विदेशमन्त्रीले दोहोर्‍याए ।

ब्राजिल, रुस, भारत, चीन र दक्षिणअफ्रिका सम्मिलित ब्रिक्सले सुरक्षा परिषद्को सदस्यता परिवर्तन गर्नुपर्छ भनेर पहिलोपटक बोलेको बताउँदै विदेशमन्त्री जयशङ्करले इतिहास भारतको पक्षमा रहेको र उक्त अन्तरराष्ट्रिय संस्थामा परिवर्तन आउने विश्वास व्यक्त गरे।

“केही शक्तिले भारत सुरक्षा परिषद्को सदस्य नबनोस् भनेर हामीविरुद्ध लागे पनि एक दिन हाम्रो अवश्य विजय हुनेछ,” कुन शक्ति राष्ट्र भारतका विरुद्धमा लागेको हो भन्ने स्पष्ट उल्लेख नगरी उनले भने ।

Facebook Comments