भारतीय प्रधानमन्त्री मोदीले ब्रिक्समा भने- भारत विश्वको विकास इन्जिन बन्नेछ

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत आगामी वर्षहरूमा विश्वको विकास इन्जिनको रूपमा उभिने बताएका छन्।

दक्षिण अफ्रिकाको जोहानेसबर्गमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा बोल्दै प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो बताएका हुन्।

उनले ब्रिक्स बिजनेस काउन्सिलको दशौं वार्षिकोत्सवको अवसरमा संस्थालाई बधाई दिँदै भारतीय जनताले सन् २०४७ सम्ममा हाम्रो देश विकसित राष्ट्र बन्ने वाचा लिएको बताए।

प्रधानमन्त्री मोदीले आर्थिक सहयोग अभिवृद्धिमा व्यापार परिषद्को भूमिका महत्त्वत्वपूर्ण रहेको बताए।

उनले भारत चाँडै नै ५ ट्रिलियन डलरको अर्थतन्त्र हुने र आगामी वर्षहरूमा विश्वको विकास इन्जिन हुने बताए।

प्रधानमन्त्री मोदीले भने, ‘विश्व अर्थतन्त्रमा उथलपुथलको बाबजुद पनि भारत आज विश्वको सबैभन्दा द्रुत वृद्धि हुने प्रमुख अर्थतन्त्र हो। छिट्टै भारत पाँच ट्रिलियन डलरको अर्थतन्त्र बन्नेछ। भारतले आगामी वर्षहरूमा विश्वको विकास इन्जिन बन्ने कुरामा कुनै शंका छैन।’

प्रधानमन्त्री मोदी २२ देखि २४ अगस्टसम्म दक्षिण अफ्रिकाको भ्रमणमा छन्, जहाँ उनी जोहानेसबर्गमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनमा भाग लिइरहेका छन्।

यो भ्रमणमा प्रधानमन्त्री मोदीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भेट्न सक्ने बताइएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.