मोबाइल फोन निर्माणमा विश्वकै दोस्रो ठूलो देश बन्यो भारत

Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

काठमाडौं । भारत विश्वमा सबैभन्दा धेरै मोबाइल फोन उत्पादन गर्ने मुलुकहरुको सूचीमा दोस्रो नम्बरमा उक्लिन सफल भएको छ ।

काउन्टरप्वाइन्ट रिसर्चको रिपोर्ट अनुसार सन् २०१४ देखि २०२२ को अवधिमा भारतमा २ अर्ब गोटा भन्दा धेरै मोबाइल फोन उत्पादन भएका छन् ।

तथ्यांक अनुसार उक्त अवधिमा भारतको मोबाइल फोन उत्पादनको वार्षिक मिश्रित वृद्धिदर २३ प्रतिशतले वृद्धि भएको छ।

मेड इन इण्डिया फोनको उत्पादनमा भैरहेको उल्लेख्य वृद्धिका लागि भारतको आन्तरिक बजारमा मोबाइल फोनको उच्च मागका साथै भारत सरकारको मेक इन इण्डिया अभियान अन्तरगत स्थानीय उत्पादकहरुलाई दिइने प्रोत्साहन लगायतका पक्षहरुले भूमिका खेलेको बताइन्छ ।

यसका Phased Manufacturing Program (PMP), Make in India, Production Linked Incentive (PLI) तथा आत्मनिर्भर भारत जस्ता कार्यक्रमहरुले स्थानीय मोबाइल फोन उत्पादनलाई बढावा दिएका छन् ।

तथ्यांक अनुसार सन् २०१४ मा भारतको आन्तरिक बजारमा बिक्री हुने मोबाइल फोनमध्ये केवल १९ प्रतिशत मात्रै स्वदेशमा उत्पादन हुने गरेकोमा सन् २०२२ मा त्यस्तो संख्या ९८ प्रतिशत पुगेको छ ।

त्यस्तै मोबाइल फोन उद्योगमा स्थानीय मूल्य अभिवृद्धि सन् २०१४ को एक अंकबाट हाल १५ प्रतिशतमा पुगेको छ ।

स्मरण रहोस् विश्वमा सर्वाधिक मोबाइल फोन उत्पादन गर्ने मुलुक चीन हो । विश्वमा उत्पादन हुने मोबाइल फोनमध्ये ६७ प्रतिशत चीनमा उत्पादन हुने गर्दछन् भने भारतमा १६ प्रतिशत फोन उत्पादन हुुन्छन् । त्यस्तै १० प्रतिशत सहित भियतनाम तेस्रो स्थानमा छ । -एजेन्सी

Facebook Comments