पुल्चोक इन्जिनियरिङ क्याम्पसलाई विद्यार्थीहरूले दिए एक रूपैयाँ उपहार

काठमाडाैं । पुल्चोकस्थित त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ क्याम्पसमा विद्यार्थीहरूले एक रूपैयाँ संकलन कार्यक्रम सम्पन्न गरेका छन् ।

विद्यार्थी संगठन अनेरास्वबियुका अध्यक्ष बिशाल घिमिरेकाे नेतृत्वमा “प्राविधिक शिक्षाको क्षेत्रमा ई.अ.सको एकलौटी व्यवहार, आर्थिक सहयोग स्वरुप संस्थालाई रु १ हाम्रो उपहार” भन्ने मुल नारका साथ क्याम्पसलाई बुझाउन एक रूपैयाँ संकलन कार्यक्रम सम्पन्न गरेकाे हाे ।

झन्डै १७ वर्षदेखि विद्यार्थीहरूले स्नातक तह चार वर्षे काेर्ष पढ्न करिब ३ लाख रूपैयाँ तिरिरहेकाेमा हाल आईओईले एक्कासी करिब ८ लाख बनाउने याेजना बनाएकाेमा विद्यार्थी संगठन अनेरास्वबियुले विराेध जनाएकाे छ ।

पुजींकै कमीले थाङ्थिलो हुन लागेको ई.अ.सलाई हाम्रो तर्फबाट रु एक संकलन गरी उपहार स्वरुप प्रदान गरेकाे अनेरास्वबियुले जनाएकाे छ । विगत केही दिनदेखि ई.अ.स. ले शैक्षिक शुल्क बढाएर ८ लाख पुर्याउने खबर चौतर्फी रूपमा फैलिएकाे अनेरास्वबियुकाे भनाइ छ ।

विद्यार्थीले भने,’विद्यार्थीहरूले पाउनुपर्ने आधारभुत सुविधा त कहाँ हो कहाँ , एउटा व्यवस्थित छात्रवाससम्मको खाँचो छ, त्यो पनि हरेक आंगिक क्यामपसहरुमा । अहिलेको अवस्थामा दिनानुदिन मंहगीले नयाँ उचाइका आयाम छोइरहेको बेला सामान्य परिवारबाट इन्जिनियर बन्ने सपना बोकेर आउने विद्द्यार्थीहरुलाई ई.अ.सको यो कदमले कहाँसम्म रुचि बढाउला ? घाउमा नुन हाल्ने यस प्रवृतिको हामी घोर भत्सर्ना गर्दछौँ ।’

अनेरास्वबियुका अनुसार सरकारी क्याम्पसकाे नाममा ई.अ.स.ले लुटधन्दा मचाउन खाेजेकाे छ ।

विद्यार्थीले भन्याे,’ अहिले अवस्थामा गरिबका छाेराछाेरीहरू ८ लाख तिरेर पढ्ने अवस्थामा छैनन्, ८ लाखै तिरेर उनीहरूकाे पढ्ने अवस्था हुन्थ्याे भने विदेश गएर पढ्थे, ई.अ.स.ले एक्कासी स्नातक तह चार वर्षे काेर्ष पढ्न करिब ८ लाख रूपैयाँ शुल्क लिने याेजना वैज्ञानिक छैन।’

Facebook Comments