रुकुम घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन

काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिका, सोती घटनाको अनुसन्धान गर्न संसदीय विशेष छानबिन समिति गठन भएको छ । सा‌ंसद देवेन्द्र पौडेलको नेतृत्वमा सोमबार ९ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

समितिको सदस्यमा सांसद एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी विशुन्के, प्रकाश रसाइली, विमला बिक, महेश्वरजंग गहतराज, मिनबहादुर बिश्वकर्मा र रामसहायप्रसाद यादव रहेका छन् ।

कार्यविधिअनुसार समितिले ३० दिनभित्र काम सम्पन्न गरिसक्नु पर्ने छ । छानबिनका क्रममा आवश्यक देखे समितले अन्य व्यक्तिको सहयोगसमेत लिन सक्ने छ ।

Facebook Comments