चितवनका थप २३ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडौं । चितवनकाे भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा २३ जनामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा ८ जना महिला र १५ जना पुरुष रहेका छन् ।

उनीहरुमध्ये २ जना स्वास्थकर्मी रहेको बताइएकाे छ । त्यस्तै नेपालमा सोमवार थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यससँगै कुल संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ ।

हालसम्म नेपालमा कोरोनाको कारण १४ जनाको ज्यान गएको र ४ सय ८८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

Facebook Comments