Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
एजेन्सी । संयुक्त राज्य अमेरिकाको जलसेनाका दुई नाविकलाई चीनलाई संवेदनशील सैन्य सूचना उपलब्ध गराएको आरोपमा क्यालिफोर्नियामा पक्राउ गरिएको छ।
पक्राउ पर्नेमध्ये एक जना चिनियाँ मूलका अङ्गीकृत अमेरिकी नागरिक हुन्। बाइस वर्षीय जिन्चाओ वेईलाई एक चिनियाँ गुप्तचरलाई राष्ट्रिय सुरक्षासम्बन्धी जानकारी पठाउने षड्यन्त्र गरेको आरोप लगाइएको छ।
त्यस्तै संवेदनशील तस्बिरहरू र भिडिओका लागि पैसा लिएको आरोपमा २६ वर्षीय पेटी अफिसर वेन्हेङ जाओलाई पनि पक्राउ परेका छन्।
ती दुवै जनालाई सम्पर्क गर्ने चिनियाँ गुप्तचर एकै व्यक्ति थिए वा भिन्नभिन्दै थिए भन्ने कुरा चाहिँ खुलेको छैन। ती दुवै जना पुरुषलाई बुधवार क्यालिफोर्नियामा पक्राउ गरिएको थियो।
वेई सान डिएगोस्थित जलसेनाको आधार शिविरमा काम गर्न जाँदै गर्दा गिरफ्तार भएका हुन्। अभियोजनकर्ताहरूले बिहीवार सान डिएगोमा पत्रकार सम्मेलन गरेर उनीहरूमाथि लागेका आरोपहरूबारे जानकारी दिएका थिए।
जल र स्थल दुवै स्थानबाट आक्रमण गर्न सकिने खालको सैन्य पानीजहाज यूएसएस एसेक्समा मशीन चलाउने र मर्मत गर्ने प्राविधिकका रूपमा कार्यरत वेईसँग सुरक्षा क्लिअरन्सका साथसाथै जहाजको बारेमा संवेदनशील जानकारी पनि रहेको अधिकारीहरूले बताए।
सन् २०२२ को फेब्रुअरीमा उनी अमेरिकी नागरिक बन्ने प्रक्रियामा रहेका बेलामाउ उनलाई एक चिनियाँ जासुसले सम्पर्क गरेको बताइएको छ। अभियोगपत्रमा ती जासुसले प्याट्रिक वेई पनि भनिने वेईलाई तस्बिर, भिडिओ, प्राविधिक म्यानूअल र जहाजको ‘ब्लूप्रिन्ट’का लागि हजारौँ डलर दिएको उल्लेख छ।
न्याय मन्त्रालयका अधिकारीहरूका अनुसार वेईले चिनियाँ जासुसलाई समुद्री अभ्यासको तालिममा रहेका अमेरिकी जलसैनिकहरूको विवरण पनि दिएका थिए।
सरकारी वकिल र्यान्डी ग्रसम्यानले भने, “यदि सिपाही वा नाविकले देशको बदलामा पैसा छान्छ र विश्वासघातको पराकाष्ठाका रूपमा राष्ट्रिय सुरक्षासम्बन्धी जानकारी हस्तान्तरण गर्छ भने हामी कारबाहीका लागि तयार हुनुपर्छ।”
चिनियाँ प्रतिक्रिया
चीनले भने अहिलेसम्म उक्त गतिविधिबारे आफूलाई कुनै पनि जानकारी रहेको कुरालाई अस्वीकार गरेको छ।
वाशिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ता लिउ पेङ्यूले वालस्ट्रीट जर्नलसँग भनेका छन्, “अमेरिकी सरकार र सञ्चारमाध्यमले चीनसँग सम्बन्धित ‘जासुसी’बारे बारम्बार बढाइचढाइ गर्ने गरेका छन्।”
“चीनले अमेरिकी पक्षले गरेको चीनको आधारहीन बदनामीको कडा विरोध गर्छ।”
टामस जाओ पनि भनिने वेन्हेङ जाओ चाहिँ लस एन्जलिसनजिकै जलसेनाको आधारशिविरमा कार्यरत थिए।
सन् २०२१ मा आफूलाई लगानीसम्बन्धी अनुसन्धान गर्ने व्यक्तिका रूपमा आफूलाई चिनाउँदै एक चिनियाँ गुप्तचरले उनीसँग सम्पर्क गरेको बताइएको छ।
ती गुप्तचरले जाओलाई जापानको ओकिनावामा रहेको अमेरिकी सैन्य आधारशिविरमा राखिएको रेडार प्रणालीका तस्बिरहरू, भिडिओ, रेखाचित्र तथा ब्लूप्रिन्टका लागि झन्डै १५,००० डलर तिरेको अधिकारीहरूले बताए।
कस्तो कारबाही हुन सक्छ?
दोषी प्रमाणित भएमा वेईलाई २० वर्ष वा आजीवन कारावासको सजाय र जाओविरुद्धको आरोपमा अधिकतम २० वर्षको सजाय हुन सक्छ।
दुवैलाई छुट्टाछुट्टै मामिलामा मुद्दा चलाइएको छ।
अधिकारीहरूले उक्त जासुसीको घटनालाई चीनले अमेरिकाका गोप्य सैन्य सूचना प्राप्त गर्न गरेको प्रयासको रूपमा चित्रण गरेका छन्।
यसै वर्षको आरम्भमा अमेरिकाको आकाशमा देखा परेका “जासुसी बलून”ले दुई देशबीचको सम्बन्धलाई तनावपूर्ण बनाएको थियो।
यद्यपि अमेरिकी अधिकारीहरूले पछि ती बलूनहरूले कुनै पनि संवेदनशील जानकारी सङ्कलन नगरेको बताएका थिए।
सहायक महान्यायाधिवक्ता म्याथ्यू ओल्सनले भने, “न्याय मन्त्रालयले चीनबाट आउने खतराहरूको सामना गर्न र हाम्रो कानुन उल्लङ्घन गर्न तथा हाम्रो राष्ट्रिय सुरक्षालाई खतरामा पार्न सहयोग गर्नेहरूलाई रोक्नको लागि हामीसँग उपलब्ध सबै उपायहरू प्रयोग गर्न जारी राख्ने छौँ।”
वेई वा जाओले आफ्नो तर्फबाट टिप्पणी गर्न सक्ने वकिलहरू नियुक्त गरेका छन् कि छैनन् भन्ने स्पष्ट छैन।




Facebook Comments