चीनमा मानव बेचबिखनको डरलाग्दो जालो


Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

एजेन्सी । मलावीको अदालतले एक चिनियाँ नागरिकलाई बच्चाको बेचबिखन तथा खरिद गरेको लगायत अनेकौँ आरोपमा दोषी ठहर गरेको खुलासा भएको छ। अहिले नै हिरासतमा रहेका उनलाई सुसु भनिने लुकीलाई १२ महिनाको कैद सजाय सुनाइएको हो। जेल सजाय सकिएको सात दिन भित्रमा देश छाड्न तथा कहिले पनि त्यहाँ नफिर्कनसमेत आदेश भएको हो। उनलाई गत वर्ष गिरफ्तार गरिएको हो।

मलावीका बच्चालाई जम्मा गरेर उनले निजी भिडियो बनाउने गरेका थिए। यस मध्येका केही यौन हिंसा देखिने खालका थिए। चीनको सामाजिक सञ्जाल तथा इन्टरनेट साइटका लागि सो भिडियो ७० अमेरिकी डलरमा बिक्री हुने गरेको थियो। सो कुरा सार्वजनिक भए पछि उनी छिमेकी जाम्बियामा पुगेका थिए। मलावीको प्रहरीले वारेन्ट जारी गर्दै त्यहीँबाट गिरफ्तार गरेका थिए। उनको धरौटी अस्वीकार गर्दै बिहीबार जेल सजायको टुङ्गो नलागेसम्म हिरासतमा राखिएको थियो।

मलावीका बच्चालाई जम्मा गरेर उनले निजी भिडियो बनाउने गरेका थिए। यस मध्येका केही यौन हिंसा देखिने खालका थिए। चीनको सामाजिक सञ्जाल तथा इन्टरनेट साइटका लागि सो भिडियो ७० अमेरिकी डलरमा बिक्री हुने गरेको थियो।

उनीमाथि १४ वटा अपराधको मुद्दा दर्ता भएका थिए। मनोरञ्जनको निम्ति बालबालिकाको खरिद गरेको, बिक्री वितरण गरेको, इन्टरनेटको अवैध प्रयोग गरेको र समाजमा घातक क्षति गरेको लगायत आरोप लागेको हो। लुकले भने अपमानजनक भिडियो बनाएको कुरा अस्वीकार गर्दै आएका छन्।

उनको बचाउ गर्दै अदालतले यसअघि नै दोषीले सरकारलाई बच्चाको क्षतिपूर्ति र सामाजिक उत्तर दायित्वका लागि १६ हजार अमेरिकी डलर सहयोग गरेको जनाएको छ। दोषी ठहर लुले आफूले चिनियाँ संस्कृतिको प्रचार गर्न र यसलाई संसार भर फैलाउनका लागि भिडियो बनाएको दाबी गरेका छन्।

मानव बेचबिखनमा चिनियाँ नागरिक संलग्नताको एउटा लामो सूची नै तयार पनि हुनसक्छ। सन् २०२२ को अक्टोबरमा थाई प्रहरीले मानव बेचबिखनमा संलग्न एक गिरोहको चिनियाँ नाइकेलाई गिरफ्तार गरेको थियो। थाइल्यान्डमा रोजगारीको सिलसिलामा रहनेलाई म्यानमारको कल सेन्टरमा लगेर काम लगाउने र यातना दिने काम त्यस गिरोहले गर्ने गरेको थियो।

उनीमाथि १४ वटा अपराधको मुद्दा दर्ता भएका थिए। मनोरञ्जनको निम्ति बालबालिकाको खरिद गरेको, बिक्री वितरण गरेको, इन्टरनेटको अवैध प्रयोग गरेको र समाजमा घातक क्षति गरेको लगायत आरोप लागेको हो।

थाई एन्टी ट्राफिकिङ इन पर्सन डिभिजन (एटीपीडी)ले ३१ वर्षीय चिनिया ह्वाङ टीयान योङलाई गिरफ्तार गरेको हो। उनलाई पहिलो चरणमा तीन व्यक्तिलाई निसाना बनाएको आरोप छ। एटीपीडीले जनाए अनुसार सो गिरोहमा तीन चिनियाँका साथै एक मलेसियन, एक फिलिपिनो र तीन म्यानमारका नागरिक संलग्न थिए। थाइल्यान्डकै भने ११ जना सो गिरोहमा समावेश थिए।

एक वर्ष अघिदेखि नै सो गिरोहले म्यानमारमा काम गर्न चाहने व्यक्तिका लागि सामाजिक सञ्जालमा सूचना प्रकाशित गरेको थियो। यसपछि मवाडी टाउन सेन्टरमा कामदार पुगेपछि उनीहरूलाई जबरजस्ती १२ घण्टा कामममा लगाइन्थ्यो। त्यस बीचमा लक्ष्यमा नपुगेको खण्डमा उनीहरूलाई यातना दिइने गरिन्थ्यो। कोही काम छाडेर थाइल्यान्ड फर्कन चाहेमा पनि थुप्रै अवरोधको सिर्जना गर्ने गरिएको थियो।

त्यसो त चिनियाँ समाजमा यस्ता गैर न्यायिक घटनाका समाचार बारम्बार प्रकाशमा आउने गरेका थिए। गत वर्षको सुरुवातमै एक महिलालाई जन्जिरमा बेरेर राखिएको समाचारले विश्वलाई नै तरङ्गित बनाएको थियो। शक्ति राष्ट्रको होडमा अघि बढेको चिनियाँ समाजकै कुनै एउटा गाउँमा भएको अमानवीय घटनाले संसार तरङ्गित मात्र बनेन मानव अधिकारको विषयमा थप आलोचित समेत बनेको थियो।

उनको बचाउ गर्दै अदालतले यसअघि नै दोषीले सरकारलाई बच्चाको क्षतिपूर्ति र सामाजिक उत्तर दायित्वका लागि १६ हजार अमेरिकी डलर सहयोग गरेको जनाएको छ। दोषी ठहर लुले आफूले चिनियाँ संस्कृतिको प्रचार गर्न र यसलाई संसार भर फैलाउनका लागि भिडियो बनाएको दाबी गरेका छन्।

चीनमा सन् २०१७ देखि २०२० सम्म अदालतमा चलेको मुद्दाको आधारमा एक हजार दुई सय ५० महिला बेचबिखनको सिकारमा परेका थिए। यी धेरै अपराधका प्रकृति उस्तै थिए। अपहरण गर्ने, अन्य प्रान्तमा लगेर बेचबिखन गर्ने र जबरजस्ती श्रीमती बनाउने लगायतका मुद्दा त्यहाँ दर्ता भएको थिए। दक्षिण पश्चिम चीनका आर्थिक हैसियत कम भएका धेरै महिलाको चाहना पूर्वीय प्रान्तमा विवाह गर्दै जाने छ। यसै चाहनाको फाइदा उठाउँदै मानव बेचबिखन गिरोहको सक्रियता बढेको जनाइन्छ।

यसको चेन असर अझ लामो रहने गरेको थिय। बच्चाको लैङ्गिक पहिचान गर्दै गर्भपतन गराउने क्रम वृद्धि भएपछि चीनमा महिला र पुरुषको सङ्ख्यामा पनि असन्तुलन देखिएको छ। सघाइसँगै जोडिएको पूर्वीय प्रान्त जीङसुमा रहेको झुझाउको गाउँमा महिलालाई जन्जिरमा बाँधेर राख्ने काम भएको थियो।

सोही प्रान्त महिलाको तुलनामा पुरुषको सङ्ख्या एकदमै बढी भएको प्रान्तको रूपमा समेत परिचित छ। भ्रूणको पहिचान गरी गर्भपतन गर्ने शैलीले आजित भएपछि सरकारले अल्ट्रासाउन्ड मार्फत जानकारी दिन नै प्रतिबन्ध लगाएको थियो। यसको बाबजुद लामो समयको त्यस चलनका कारण अबको पुस्ता यस असन्तुलन समेत बढ्दो छ।
विभिन्न रिपोर्ट र समाचारमा जनाइए अनुसार अहिले चीनमा बढेको निराशाको एउटा मुख्य कारण यो असन्तुलन पनि हो। धेरै पुरुषहरू विवाह गर्ने केटीको अभावमा डिप्रेसनको सिकार भएका छन्।

बच्चाको लैङ्गिक पहिचान गर्दै गर्भपतन गराउने क्रम वृद्धि भएपछि चीनमा महिला र पुरुषको सङ्ख्यामा पनि असन्तुलन देखिएको छ। सघाइसँगै जोडिएको पूर्वीय प्रान्त जीङसुमा रहेको झुझाउको गाउँमा महिलालाई जन्जिरमा बाँधेर राख्ने काम भएको थियो।

धेरै महिला पश्चिमबाट पूर्वमा विवाहै लागि पुग्ने गरेका छन्। यो तथ्यांक अत्यास लाग्दो छ। तर यसमध्य कत्ति जना आफू खुसी पुगेका छन् या कत्ति जना बेचबिखनको रूपमा पुगेका छन् यसको यकिन तथ्यांक भने छैन।

सन् २००३ मा युनान विश्वविद्यालयमा भएको एक अध्ययनका अनुसार धेरै जनाले आफ्नो श्रीमती र छोरी खोज्नमै धेरै रकम खर्च गर्ने गरेका थिए। यसले पनि चिनियाँ समाजमा महिला बेचबिखनको डरलाग्दो जालोलाई प्रस्ट पारेको छ।

अहिले कत्ति जना राजी खुसीले पश्चिमबाट पूर्वी भागमा पुगे भन्ने अनिश्चित भए पनि त्यहाँको विगत साँच्चै डरलाग्दो छ। सन् १९८९ मा चिनियाँ लेखक जी जीयाङ होङ रलीया लुसेङले लेखेको पुस्तक ‘एनसियन्ट नसी’मा ८० को दशकमा त्यस समयसम्म ४८ हजार १ सय महिला गलत तरिकाले या बेचबिखनकै रूपमा झुझोय पुगेका थिए।

त्यहाँका फाङ फु नाम गरेकी एक महिलाको अनुसार आफ्नै गाउँमा त्यसरी ल्याएका तीन जना महिलाको बारे उनलाई राम्रोसँग जानकारी छ। धेरै विवाह भइसकेका महिला पनि पूर्वेली प्रान्तमा सोही शैलीले पुग्ने गरेको जनाइन्छ। मानव बेचबिखनको डरलाग्दो जालो रहेको चीनका नागरिक विदेशमा पनि पुगेपछि मलावीमा सो घटना भएको हो। स्रोतः बीबीसी, थाइप वर्ल्ड,सिक्थटन

Facebook Comments


Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167