Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
काठमाडाैं । मधेश प्रदेशकाे बारामा रहेकाे बारागढीमा गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालन हुने भएकाे छ ।
गाउँपालिकाका अध्यक्ष अशाेक कुमार जयसवालकाे अथक प्रयासमा काठमाडाैंस्थित रहेकाे भारतीय राजदूतावासले गाउँपालिकालाई उपहार स्वरूप प्रदान गरेपछि गाउँमा एम्बुलेन्स सेवा सञ्चालन हुने भएकाे हाे ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईको उपस्थितिमा उक्त एम्बुलेन्स बारागढी गाउँपालिकालाई प्रदान गर्नु भएकाे हाे ।
नेपालको स्वास्थ्य क्षेत्रको उच्च प्राथमिकतालाई ध्यानमा राख्दै भारत सरकारले याे गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेकाे हाे।
प्रयाप्त मात्रमा सडकको पहुँच नहुनु लगायतका समस्या झेल्दै आइरहेको बारागढी गाउँपालिकावासी जनताको स्वास्थ्य सेवामा केहि सहजताका लागि एम्बुलेन्स भित्राइएको गाउँपालिकाका अध्यक्ष जयसवालले बताउनु भयाे ।
स्वास्थ सेवा चुस्तदुरुस्त उपलब्ध गराउन र लामोदुरी सम्म घन्टौ बिरामी बोकेर अस्पताल पुर्याउनु पर्ने बाध्यता अन्त्य गर्दै समयमै बिरामीलाई अस्पताल सम्म पुर्याउन सकियोस् भन्ने उदेश्यले गाउँपालिका अध्यक्ष जयसवालको लामो प्रयासपछि एम्बुलेन्स सेवा विस्तार हुने भएकाे छ ।
बारागढी गाउँपालिकावासीले स्वास्थ्य क्षेत्रमा भोग्नु परेको समस्या अब सामाधान हुने र अझै स्वास्थ्य क्षेत्रमा नयाँ आयामहरु विस्तार गर्ने अध्यक्ष जयसवालले जानकरी दिनुभयाे ।
त्यस्तै दूतावासले उक्त गाउँपालिका लगायत देशभर विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेकाे हाे ।
नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रको उच्च प्राथमिकतालाई ध्यानमा राख्दै भारत सरकारले सन् १९९४ यता भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थालाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको छ ।
सन् १९९४ यता भारतले हालसम्म नेपालका विभिन्न जिल्लामा रहेका विभिन्न संघ संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरुप उपलब्ध गराइसकेको छ ।
यो सहयोग स्वास्थ्य तथा शिक्षा सुविधालाई सुदृढ बनाउन नेपालले गरेको प्रयासमा बल पुर्याउन र यस्ता सुविधाको सहज भौतिक पहुँचलाई सहजीकरण गर्न भारत सरकारले गदै आएको निरन्तर सहयोगको एक हिस्साको रुपमा रहेको छ ।




Facebook Comments