मधेस र देशको राजनीतिबाट उपेन्द्र यादवलाई सदा सर्वदाका लागि बिदा गरी उपेन्द्र युगको अन्त्य गरौं – विजय गुप्ता

काठमाडाैं । सप्तरी २ का जनताले उपेन्द्र यादवलाई बहिष्कार गरेपछि बारा २ का जनताले पनि बहिष्कार गर्नुपर्छ । नत्र सप्तरीका जनता मात्रै हैन पुरै देशको जनताले बारा २ का जनतालाई धिकार्ने छ ।

उपेन्द्रले अहिलेसम्म मधेसका कुनै पनि सर्वसाधारण जनतालाई केही सेवा सुविधा दिन सकेका छैनन् चाहे त्यो समुदाय यादव अथवा अन्य समुदाय किन न होस। त्यसैले उपेन्द्रको जातिबाद विचारको पछि नलागौं ।

उपेन्द्र यादवको छोराछोरी अमेरिका पढछन भने सर्वसाधारण यादवको छोराछोरी अमेरिका को कुरा छ‍ोडौ आफ्नो गाउँ कै स्कुलमा राम्रो शिक्षा पाएको छैन । कालिया नाग यस्तै भनिएको छैन। कालिया नागले जातपात चिन्दैन आफ्नो स्वार्थको लागि सबैलाई एक-एक गरी डस्नेछन । मधेसका भुमिलाई टुक्राटुक्रा गर्ने कारण उपेन्द्रको नलायकपनाले गर्दा हो ।

आठ जिल्लाक‍ो खोखला मधेस प्रदेश बाहेकका १६ जिल्लामा रहेको यादव समुदाय लगायत अन्य मधेसी समुदाय अल्पसंख्यक भई उनिहरुको राजनीतिक र सामाजिक जीवन समाप्त भएको छैन ? उनीहरुको पीडा कसले सुनदिने ? उपेन्द्रले सरकार र काठमाडौं छ‍ोडेर आठ जिल्ला बाहेकका मधेसी जनताको दुख-पीडा सुनदिने र हेरिदिने कहिले गयो ?

NGO मा ९९% corruption हुन्छ । मधेसी जनअधिकार फोरम नेपाल पनि सुरुमा एउटा NGO थियोे । स्वतस्फूर्त रुपमा भएको मधेस विद्रोहको Credit मात्रै उपेन्द्र यादव लाई गएको हो । त्यसको ग्रैण्ड डिजाइनर जेपी गुप्ता हुनुहुन्थ्यो । जसले एउटा NGO लाई पार्टीको रुप दिलाउनु भयो ।

जेपी गुप्ताले मधेसमा यादव समुदाय लडाकु रहेकोले उपेन्द्र यादवलाई अगाडि सारी (forward गरी ) मधेसमा उठेको स्वतस्फूर्त मधेस विद्रोहलाई पार्टीको मुर्त रुप दिई निर्णायक मधेस आन्दोलन गर्ने र मधेसीको सम्पूर्ण अधिकार दिलाउने रणनीति बनाउनु भएको थियो । त्यही रणनीतिको मार्ग अवलम्बन गरी उपेन्द्र यादवको नेतृत्वमा मधेस विद्रोहलाई निर्णायक बनाउने अठोट गरिएको थियो । फोरमलाई देश कै एउटा परिवर्तनकारी सशक्त पार्टी बनाउने जेपी गुप्ताको योजनालाई उपेन्द्रले सफल हुन दिएन । पार्टीको नाम जति परिवर्तन गरे पनि उपेन्द्र यादवले अहिलेसम्म पनि (फोरम देखि जसपा सम्मलाई) एउटा NGO मै सिमित राखेको छ ।

फोरम लाई पार्टी मा परिवर्तन गर्ने ग्रैण्डडिजाइनरको भुमिका खेलेका जेपी गुप्तालाई मधेसले सम्पूर्ण अधिकार पाउने समयमै उपेन्द्रले षड्यन्त्र गरि प्रचण्ड र बाबुरामसँग मिलेर गुप्तालाई जेल हाल्न लगाए । त्यसैले म भन्ने गरेको छु कि प्रचण्ड , बाबुराम र उपेन्द्र यादव मधेसक‍ो सब भन्दा ठुलो दुश्मन रहेको छ र त्यसको मुखिया उपेन्द्र हुन । उपेन्द्रले जेपी गुप्ता जेल गएको दिन खुसीले लड्डु मिठाइँ बाडेको थिए ।

स्मरण रहोस , पहिलो संविधान सभाको चुनावबाट मधेसी ,आदिवासी र जनजातिको दुई तिहाइ बहुमत संसद संविधानसभामा गएको थियोे । जेपी गुप्ता ज्यूको पहल र नेतृत्वमा एक जुट भई अन्तमा सबै पार्टीका मधेसी ,आदिवासी र जनजाति सांसदहरु मिलेर मधेसी आदिवासी जनजातिको पक्षमा दुई तिहाइ बहुमतले संविधान लेख्ने सहमति भईसकेको थियो तर उपेन्द्र यादवले गुप्ता ,गच्छदार ,महन्थ र राजेन्द्र महतोको पहल र नेतृत्व मानेनन किन कि उपेन्द्र त्यो बेला फोरमको ५६ सांसद मध्ये १३ सांसद लिएर सरकार बाट बाहिर थियो । बाकी सांसद उपेन्द्रको अहंकार र व्यक्तिवादी स्वार्थका कारण जेपी गुप्ता र गच्छदारले पार्टी फुटाएर लगिसकेका थिए । त्यसैको रिसवी र ईखका कारण मधेसले पाउने अधिकार पाएनन् । शासक वर्गले चाहे जस्तो आफू अनुकुल मधेसको भुमिलाई टुक्राटुक्रा गरि छाडयो ।

दोस्रो संविधान सभामा सरकार र मन्त्रीको कुर्सीमा हुँदा खेरि सब ठिक र मन्त्रीबाट बाहिरीदा सडक आन्दोलन गरायो । उपेन्द्र यादवले संविधानक‍‍ो विरोध र पुनर्लेखन गराउने माग राखी सैकडो मधेसीहरुको हत्या गराई स्थानीय चुनावको विरोध गर्दै गर्दा नवलपरासी देखि पश्चिम सम्मको जिल्ला लाई चुनावबाट बंचित गरायो । आफ्नो बेला आठ जिल्लाको २ नं. प्रदेशको स्थानीय चुनावमा भाग लिए । फलस्वरूप मेचीदेखि महाकालीसम्मको मधेसी दलको शक्ति र मधेसी मुद्दा कमजोर हुदै मधेस छिनभिन भई टुक्राटुक्रा भयो । जसपाका १५ वर्ष केन्द्रीय सरकारका विभिन्न मन्त्री तथा मधेस प्रदेश सरकारमा पाँच वर्ष मुख्य मन्त्री भएर पनि चरम भ्रष्टाचार बाहेक केही पनि गर्न सकेका छैनन् ।

त्यसैले मधेसीको सब भन्दा ठुलो दुश्मन उपेन्द्र यादव रहेको छ । उपेन्द्र युगको अन्त्य हुनैपर्छ । यसै पालि उपेन्द्र यादवलाई मधेस र देशको राजनीतिबाट सदा सर्वदाका लागि बिदा गरौं ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.