केन्यामा चिनियाँ व्यवसायीविरुद्ध प्रदर्शन

काठमाडौं । अफ्रिकी मुलुक केन्यामा चिनियाँ व्यवसायीविरुद्ध प्रदर्शन भइरहेकाे छ ।

त्यहाँका स्थानीय व्यापारीहरुले चिनियाँ व्यवसायीविरुद्ध प्रदर्शन गरिरहेकाे छन् ।

‘चाइनिज मस्ट गो’ नारा लगाउँदै हजारौँ स्थानीय व्यापारीहरु सडकमा उत्रिएका छन् ।

प्रदर्शनका क्रममा प्रदर्शनकारीले राजधानी नैरोबीमा रहेका मुख्य सडकमा नाराबाजी गरेका थिए ।

केन्याका बजारमा चिनियाँ व्यवसायीले आफ्ना सामान ४५ प्रतिशतसम्म सस्तोमा बिक्री गरिरहेको बताइएको छ । जसका कारण स्थानीय व्यापारीहरुले ठूलो नोक्सानी ब्यहोर्नु परेको छ ।

चिनियाँ व्यवसायी र कम्पनीले सबै किसिमका रणनीति अपनाएर स्थानीय व्यापारीलाई विस्थापित बनाउन खोजेको प्रदर्शनकारीको आरोप छ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.