चीनबाट ऋण लिने विषयलाई लिएर बंगलादेश धेरै सावधान छ : प्रधानमन्त्री हसिना

एजेन्सी । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले चीनबाट ऋण लिने विषयलाई लिएर बंगलादेश धेरै सावधान रहेकाे बताएकी छिन् ।

मङ्गलबार उनले आफ्नो सरकार चीनसँगको विकास साझेदारीमा “धेरै सतर्क” रहेको र ढाका विदेशी सहायताका लागि कुनै विशेष देशमा निर्भर नभएको बताइन्।

विश्वभरका साना देशहरूमा चीनको बढ्दो ऋणलाई लिएर चिन्ता छाएकाे छ। श्रीलंकाले हम्बनटोटा बन्दरगाह चीनलाई ९९ वर्षको भाडामा दिएपछि चीनको महत्वाकांक्षी ‘बेल्ट एन्ड रोड’ पहल र अर्बौं डलर लागतका प्रमुख पूर्वाधार परियोजनाहरूमा साना देशहरूलाई चीनले गरेको सहयोगको नराम्रो असरबारे चिन्ता बढेको छ।

सीएनएनसँगको अन्तर्वार्तामा हसिनाले भनिन्, “हामी ऋण लिँदा धेरै सतर्क छौं, प्रायः हामी विश्व बैंक वा एसियाली विकास बैंक जस्ता संस्थाहरूबाट ऋण लिन्छौं। हामीले चीनबाट थोरै ऋण लिएका छौं । यो श्रीलंका वा अन्य देशजस्तो होइन ।”

सत्तारुढ अवामी लिगकी अध्यक्ष हसिनाले थप्दै भनिन्, “हामी कसैको भरमा छैनौं ।”

बंगलादेश चीनसँग नजिक हुँदै गएको अमेरिकाले किन महसुस गरेको र उनी के भन्न चाहन्छिन् भनी सोधिन् । यसबारे प्रधानमन्त्री हसिनाले जवाफ दिँदै बंगलादेशको विकास प्रयासलाई सहयोग गर्ने सबै देशसँग निकै नजिक रहेको बताइन् ।

७५ वर्षीया हसिनाले भनिन्, ‘हामी चीन, अमेरिका, भारत सबैको नजिक छौं । हामी हाम्रो विकासमा सहयोग गर्नेहरूको साथमा छौं।”

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.