प्रहरी र जनप्रतिनिधिको सक्रियतामा राेकियाे बालविवाह

Picture : Google

सोलुखुम्बु । साेलुखुम्बुकाे थुलुङदुधकोशी गाउँपालिका ९ लोखिममा धुमधामका साथ भईरहेको बालविबाह रोकिएको छ । आईतबार तामझामका साथ दुलहीको घरमा दुलहा सहित जन्ति आएको गोप्य सुचना पाएपछि जनप्रतिनिधि र प्रहरी पुगेर  विवाह रोकेको वडा अध्यक्ष भुपाल सिं राईले जानकारी दिए।

वडा अध्यक्ष राईका अनुसार लोखिमका एक १९ बर्षिय पुरुष र १६ बर्षिया बालिकाबीच दुवैको मञ्जुरीमानै विबाह भईरहेको थियो । प्रहरी र जनप्रतिनिधि बेहुलीको घरैमा पुगेर दुवै पक्षलाई सम्झाई बुझाई विवाह रद्ध गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिए।

Facebook Comments