प्रहरी र जनप्रतिनिधिको सक्रियतामा राेकियाे बालविवाह

सोलुखुम्बु । साेलुखुम्बुकाे थुलुङदुधकोशी गाउँपालिका ९ लोखिममा धुमधामका साथ भईरहेको बालविबाह रोकिएको छ । आईतबार तामझामका साथ दुलहीको घरमा दुलहा सहित जन्ति आएको गोप्य सुचना पाएपछि जनप्रतिनिधि र प्रहरी पुगेर  विवाह रोकेको वडा अध्यक्ष भुपाल सिं राईले जानकारी दिए।

वडा अध्यक्ष राईका अनुसार लोखिमका एक १९ बर्षिय पुरुष र १६ बर्षिया बालिकाबीच दुवैको मञ्जुरीमानै विबाह भईरहेको थियो । प्रहरी र जनप्रतिनिधि बेहुलीको घरैमा पुगेर दुवै पक्षलाई सम्झाई बुझाई विवाह रद्ध गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिए।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.