लकडाउनका कारण मुआब्जा वितरणमा समस्या

वीरगञ्ज । लामो समयदेखि जारी लकडाउनका कारण मुआब्जा वितरणमा समस्या देखिएपछि बाराको निजगढमा निर्माण हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको कार्य प्रभावित भएको छ ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यालय सिमराका अनुसार लामो समयदेखि जारी लकडाउनका कारण मुआब्जा लिनेहरुले निवेदन दिएपनि जग्गासँग सम्बन्धित कार्यालय मालपोत, नापी तथा भूमिसुधार कार्यालय खुल्न नसक्दा विमानस्थलको काम अगाडि बढ्न नसकेको हो ।

मुआब्जाका लागि कतिपय जग्गाधनीको लकडाउनका कारण निवेदन आउन सकेको छैन । जम्मा मुआब्जा दिनुपर्ने ११० बिघा तीन कटठ चार धुर जग्गामध्ये १४४ जनालाई जम्मा ६५ बिघा १५ कट्ठा जग्गाको ४३ करोड ६४ लाख रुपैयाँ मुआब्जाबापत वितरण गरी सकिए पनि बाँकीलाई लकडाउनका कारण मुआब्जा वितरण गर्न नसकिएको आयोजनाका निमित्त प्रमुख विजयकुमार यादवले बताए।

मुआब्जा जीतपुर सिमरा उपमहानगरपालिकाअन्तर्गत रहेको कांटगाउँको नम्बरी जग्गा भएका व्यक्तिलाई मात्र वितरण गरिएको हो । विमानस्थलको निर्माणअन्तर्गत हालसम्म ६७ करोड रुपैयाँ खर्च भइसकेको छ । विमानस्थलको चारैतिरको किल्ला घेर्न पूर्व, पश्चिम राजमार्गअन्तर्गत पथलैयादेखि निजगढ सडकखण्डको दक्षिणी सीमासम्म गएको सडकको दुवैतिर ६४ किलोमिटर तारबार गरिएको र सो कार्य गर्न चार करोड ४३ लाख रुपैयाँ खर्च भएको छ ।

त्यस्तै पसाहा खोलामा पहिलो र दोस्रो चरणको तटबन्ध निर्माण कार्य सम्पन्न भइसकेको छ भने तेस्रो चरणअन्तर्गत अढाइ किलोमिटरमा तटबन्ध निर्माण कार्य भइरहेको छ । यसका लागि १९ करोड ६७ लाख रुपैयाँ विनियोजन गरिएको बताइएको छ । सङ्घीय सरकारले आर्थिक वर्ष २०७७÷७८ को बजेटमा समेत निजगढ विमानस्थल निर्माण गर्न बजेट विनियोजन गरेको भएकाले लकडाउन खुल्नेबित्तिकै बाँकी रहेको काम अगाडि बढाइने बताइएको छ ।

आयोजनाले पहिलो चरणमा एक हजार नौ सय हेक्टर क्षेत्रफलमा विमानस्थल निर्माण गर्न गृहकार्य गरिरहेको छ । कूल ११ हजार ८० बिघा नौ कट्ठा क्षेत्रफलमा विस्तार हुने विमानस्थल निर्माणका लागि ७३१ बिघा १४ कट्ठा क्षेत्रफलमा फैलिएको टांगिया बस्ती मुख्य चुनौतीका रुपमा देखिएको छ ।

टांगिया बस्ती विमानस्थलको धावनमार्गमा पर्ने भएकाले त्यहाँको बासिन्दाको उचित व्यवस्थापन सरकारले गर्नुपर्ने बताउँछन टांगिया बस्ती सरोकार समितिका अध्यक्ष रमेश सापकोटा । तामाङ, मगर, कामी, दमाई, बाहुन, क्षेत्रीको बाहुल्यता रहेको सो बस्ती धावनमार्गको बीचमा पर्ने भएकाले बस्ती व्यवस्थापन हुन नसक्दा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चुनौती थपिएको छ ।

सरकारले नम्बरी जग्गा १२० बिघाको हकमा बाटोको बस्ती अगाडि भएको जग्गालाई रु चार लाख ६० हजार, भित्रपट्टिको जग्गालाई रु तीन लाख प्रतिकट्ठा, सिमसिमे जग्गालाई रु दुई लाख ३० हजार प्रतिकट्ठाको दरले क्षतिपूर्ति दिँदै आएपनि बस्तीका सुकुम्वासीले बस्ती व्यवस्थापन गर्न जग्गाको सट्टा जग्गा नै माग्दै आइरहेका छन् ।

विमानस्थल निर्माण गर्दा पहिलो चरणमा सानोठूलो गरी पाँच लाख १९ हजार १९० वटा रूख काट्नु पर्ने देखिन्छन् । विमानस्थल आयोजनाले भने सबै समस्या समाधान गर्ने र स्थायी बासिन्दाको मागलाई सम्बोधन हुने गरी काम अगाडि बढाइएको छ । निजगढ विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउँदा प्रत्यक्ष तथा परोक्ष रुपमा करिब २५ लाखभन्दा बढी मानिसले रोजगारी पाउने बताइएको छ । रासस

ताजा अपडेट

४ मन्त्रीलाई थप मन्त्रालयको जिम्मेवारी दिइयो, कसको जिम्मामा कुन मन्त्रालय ? (विज्ञप्तिसहित)

काठमाडौं । सर्वोच्च अदालतले संविधान विपरित मन्त्रिपरिषद् विस्तार गरेको ठहर गर्दै १८ मन्त्री तथा राज्यमन्त्रीलाई पदमुक्त गरिदिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीविहीन बनेको मन्त्रालयमा जिम्मेवारी...

समर्थकले रोनाल्डोलाई कोकको बोतलले हानेपछि….

एजेन्सी । पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो निकै फर्ममा देखिएका छन् । उनले जारी युरो कपका समूह चरणका तीनवटै खेलमा गोल गरे । फ्रान्स विरुद्धको...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७४ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार...

पछिल्लो २४ घण्टामा कति जना संक्रमित निको भए?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५१८ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९० दशमलब ७ प्रतिशत रहेको...

पछिल्लो २४ घण्टामा २ हजार ४७४ जनालाई कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७४ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार...

‘आरोपितलाई छुटाउन जाने मन्त्री पदमा बस्न अयोग्य’

काठमाडौं । विवेकशील साझा पार्टीले जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको व्यक्तिलाई रिहा गराउन मन्त्री आफैं प्रहरी कार्यालय पुगेकामा आपत्ति...

मन्त्रीहरुको जिम्मेवारी हेरफेर, गृह मन्त्रालयको जिम्मा विष्णु पौडेललाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् । त्यस्तै उपप्रधानमन्त्री विष्णु पौडेललाई...

चुनावको घोषणा गर्नु ओलीको अहंकार मात्रै : माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कुर्सीका लागि नभई देशको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनुपर्ने बेला भएकाले सवैको...

चीनको क्रिप्टोकरेन्सी आक्रमणले विदेशिँदै कम्पनीहरु

बेइजिंग । बिटकोइन माइनरहरुले बेइजिंगको नयाँ क्रिप्टोकरेन्सी आक्रमणले चीनबाहिर काम गर्न खोजीरहेका छन् । विश्वको बिट्कोइन माइनिंगमध्ये दुई तिहाइ रहेको चीनमा पछिल्लो समय भने...

चर्चित