बंगलादेशका एक मन्त्रीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । बंगलादेशका एकजना मन्त्रीलाई कोरोना भाइरस (कोभिड-१९० को संक्रमण पुष्टि भएको छ । बंगलादेशका चटगाउँ हिल ट्रयाक्ट्स अफेयर्स मन्त्री वीरबहादुर यू सई सिंहलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार कोरोना भाइरसबाट संक्रमित हुने उनी पहिलो क्याबिनेट मन्त्री हुन् । पछिल्लो नौ दिनदेखि उनलाई कोरोना भाइरसको लक्षण देखिएको थियो । शनिबार राति उनको कोरोना भाइरसको परीक्षण पोजेटिभ देखिएको हो ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै उनलाई आइतबार बिहान ढाकास्थित एक सैन्य अस्पतालमा भर्ना गरिएको छ । वीरबहादुरका साथै अन्य कम्तीमा सातजना सांसदमा कोरोना भाइरसको संक्रमण देखिएको छ । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म बंगलादेशमा कोरोना भाइरसका ६३ हजार २६ संक्रमित फेला परेका छन् भने ८८८ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । स्रोत : अलजजिरा

Facebook Comments