पत्रकार र सञ्‍चार क्षेत्रका लागि राहत प्याकेज घोषणा गर्न माग

काठमाडौं । नेपाल प्रेस युनियनले श्रमजीवी पत्रकार र सञ्चार क्षेत्रका लागि अविलम्ब विशेष राहत प्याकेजको घोषणा गर्न सरकारसँग माग गरेको छ ।

प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललेले आइतबार प्रेस विज्ञप्ति जारी गरेर सरकारलाई कोरोनाको महामारीबाट चेपेटामा परेका श्रमजीवी पत्रकार र सञ्चार क्षेत्रका लागि अविलम्ब विशेष राहत प्याकेजको घोषणा गर्न माग गरेको हुन् ।

सञ्चारकर्मी आफ्नाे पेसाबाट पलायन हुने र सञ्चार क्षेत्रप्रति नै वितृष्णा जगाउने अवस्था आउन नदिन समयमै सबै पक्षले सचेत हुनुपर्नेमा समेत युनियनको जोड छ ।

Facebook Comments