विदेशी नेपालीमा कोरोना सङ्क्रमण कमी

काठमाडाैं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कोरोना भाइरस सङ्क्रमणका कारण विदेशमा रहेका नेपालीको मृत्यु र सङ्क्रमणको दर उल्लेख्य कमी आएको जनाएको छ । शनिबार साँझसम्म विदेशमा १२५ जनाको सो सङ्क्रमणबाट मृत्यु भएको र पाँच हजार ५९० जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण दर गतसाताभन्दा ७५ प्रतिशतले कमी आएको जनाइएको छ ।

एनआरएनएका संयोजक डा सञ्जीव सापकोटाका अनुसार गत हप्ता कतारमा चारजना, कुबेत र युकेमा एक÷एक गरी ६ जनाले ज्यान गुमाएका थिए । विश्वका ३४ देशमा रहेका नेपालहरु कोरोना भाइरसबाट प्रभावित भएका सो सस्थाले जनाएको छ । सो भाइरसका कारण बेलायत, संयुक्त राज्य अमेरिका, युएई साउदी अरब, बहराइन, कुबेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्विडेनमा रहेका नेपालीको मृत्यु भएको छ ।

संयोजक उहनका अनुसार विदेशमा १४ हजार ४५४ जना नेपाली कोरोनाबाट सङ्क्रमित भएका छन् । सरकारले मित्रराष्ट्र भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने कार्यको शुरुआतको सो सस्थाले स्वागत गरेको छ । एनआरएनएका अध्यक्ष कुमार पन्तले सरकारको कदम स्वागत योग्य भएको बताए ।

सरकारले लकडाउन भएको ७४ दिनपछि सरकारले पहिलोपटक बर्मा २६ र युएईबाट १६८ जना नेपाली फर्काएको छ । विदेशबाट नेपाल फर्किन लागेका अन्य नेपालीको फिर्ता प्रक्रियालार्ई व्यावहारिक बनाउन उसले आग्रह समेत गरेको छ । उनले नेपालीको फिर्तीका लागि भोगेका समस्याका बारेमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कोभिड–१९ उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोख्रेलसँग छलफल गर्ने जानकारी दिए। रासस

ताजा अपडेट

बाढीपहिरो र डुबान परी कतिले गुमाए ज्यान?

काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि सोमबार दिउँसोसम्म २० जनाको मृत्यु भएको छ...

हतियार देखाउँदै महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा युवा पक्राउ

दाङ । लमहीमा धारिलो हतियार देखाउँदै लुटपाट र महिलामाथि जवरजस्ती करण गरेको आरोपमा १ जना युवा पक्राउ परेका छन् । घटनामा संलग्न अन्य २...

ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार २९७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ५८३...

धनुषामा एक साता थपियो निषेधाज्ञा,आंशिक खुकुलो बनाउने निर्णय

धनुषा । धनुषामा निषेधाज्ञा एक साताका लागि लम्ब्याइने भएको छ । स्थानीय प्रशासनले निषेधाज्ञाआंशिक खुकुलो गर्ने निर्णयसहित एक हप्ता लम्ब्याइएको हो । जिल्लामा योसहित...

थप २२९७ जनामा संक्रमण पुष्टि, ३१३० संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ९०४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८४...

२ मेयरसहित १४ जनामाथि माओवादीले लियो एक्सन

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी छोडेका स्थानीय तहका १४ जना स्थानीय जनप्रतिनिधिलाई पार्टीबाट निस्कासन गरेको छ । सो पार्टीको सोमबार बसेको आकस्मिक केन्द्रीय...

एयरपोर्टमै कार्यरत प्रहरी जवान लागूऔषधसहित पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान र अन्य दुई जना व्यक्ति लागूऔषधसहित पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरोले जवान गणेश कार्कीसँगै अन्य...

आज रातिबाट पठाओ र टुटल सेवा सुरु हुने

काठमाडौं । निषेधाज्ञाका कारण बन्द रहेको राइड सेयरिङ सेवा आज रातीबाट नियमित हुने भएका छन् । राइड सेयरिङ सेवा कम्पनी टुटल र पठाओलगायतका कम्पनीले...

चर्चित