इन्धन बोक्ने ट्यांकरमा लागूऔषध बाेक्ने २ जना पक्राउ

वीरगञ्ज । वीरगञ्जमा इन्धन बोक्ने ट्याङ्करबाट लागूऔषध बरामद भएको छ ।

वीरगञ्ज–१६ स्थित रजतजयन्ती चोकमा ना ७ ख ९७४४ नम्बरको इन्धन बोक्ने ट्यांकर चेकजाँच गर्ने क्रममा १०० एमएलको वाइनसिरेक्स ८ थान, सोही लागूऔषधलाई माउन्टेन ड्यू र मिनिरल वाटरको बोतलमा भरेको अवस्थामा लागूऔषध बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।

लागूऔषधसहित ट्यांकर चालक बाराको सिमरा उपमहानगरपालिका–२१ अमलेखगंज बस्ने २६ वर्षीय विशाल खड्का र १८ वर्षीय सहचालक देवकुमार बललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।