इँटाभट्टामा जिउँदै जलाएको आरोपमा थप एक जना पक्राउ

जनकपुरधाम । १२ वर्षअघि जिउँदै मानिस इँटाभट्टामा जलाइएको प्रकरणका थप एक आरोपी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका– ४ का ५५ बर्षीय मुक्ति साह छन् ।

रौतहटको राजपुर फरहदवामा  इँटा उद्योगमा मिस्त्रीको काम गर्ने साहलाई प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको टोलीले भारतको सीमावर्ती इलाका सिम्रौनगढ नगरपालिका– ८ बाट शनिबार राति पक्राउ गरेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।

२०६४ साल चैतमा संविधानसभा निर्वाचन हुने अघिल्लो दिन बम बनाउँदा घाइते भएका मानिसलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरिएको आरोपमा कांग्रेस सांसद मोहम्मद अफताव आलम हाल पुर्पक्षका लागि थुनामा छन् ।

Facebook Comments