सुनचाँदीको कारोबार खुला, सुन तोलाकाे ८६ हजार ९६० रूपैयाँ

काठमाडौं । गत वर्ष चैत ८ गतेबाट बन्द भएको सुनचाँदीको कारोबार आइतबारबाट खुलेको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलाको ८७ हजार ४०० रुपैयाँ तय भएको छ । तेजावी सुनको मूल्य ८६ हजार ९६० रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी बढेपछि महंगिएको सुनमा सरकारले बजेटमार्फत भन्सार दर थपेको थियो ।

सुनको मूल्य लकडाउनअघि चैत १० मा प्रतितोला ७७ हजार रुपैयाँ थियो । लकडाउनपछि सुनको मूलय तोतामाम करिब १० हजार रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी ब्यवसायी महासंघले आइतबारका चाँदीको मूल्य प्रतितोला ९२५ रुपैयाँ तोकेको छ । लकडाउनअघि र पछि तुलना गर्दा चाँदी प्रतितोला २ सय रुपैयाँ महंगिएको छ ।

Facebook Comments