कोभिड देखिएको भन्दै चिनियाँ सहरमा लकडाउन गरेपछि सर्वसाधारण उत्रिए विरोधमा

एजेन्सी । केही व्यक्तिमा कोभिड संक्रमण देखिएलगत्तै दक्षिणी चीनको औधोगिक सहर केन्द्र सेन्जेनमा सरकारले लकडाउन घोषणा गरेपछि सर्वसाधारणले विरोध जनाएका छन् ।

दुर्लभ मानिएको उक्त प्रदर्शनमा दर्जनौँ मानिस सहभागी भएको एउटा भिडियो फुटेज सार्वजनिक भएको छ ।

१ करोड ८० लाखभन्दा बढी मानिसहरूको बसोबास रहेको उक्त सहरमा मंगलबार मात्र १० जनामा संक्रमण भएको रिपोर्ट गरिएको थियो ।

कोभिड शून्य नीति लिएको चीनमा अधिकारीहरूले अझै पनि तीन जिल्लाका बासिन्दाहरूलाई घरमै बस्न आदेश दिएका छन् । तर कोभिड लकडाउन हटाउ भन्दै सरकारविरुद्ध दर्जनौँ नागरिक नाराबाजीमा उत्रिएका छन् ।

Facebook Comments