एजेन्सी । चीनका पूर्वन्यायमन्त्री फु झेंगहुवालाई घुस लिएको अभियोगमा आजीवन कैद गरिएको छ । विगतमा भ्रष्टाचारविरुद्धका थुप्रै अभियानको नेतृत्व गरेका उनलाई घुस लिएको अभियोगमा कारावास चलान गरिएको हो ।
उनलाई गत जुलाईमा व्यक्तिगत फाइदाका लागि उपहार र नगद १ करोड ४७ लाख अमेरिकी डलर घुस लिएको अभियोगमा दोषी ठहर गरिएको हो ।
बिहीबार चाँगचुनस्थित एक अदालतले दुई वर्षपछि उनलाई सुनाइएको मृत्युदण्ड आजीवन कारावासमा परिवर्तन हुनेगरी निर्णय सुनाएको हो ।
चिनियाँ कम्युनिस्ट पार्टीको आगामी महिना बस्ने कंग्रेसको सम्मुख अचानक थुप्रै अधिकारीहरूमाथि छानबिन सुरु भएकोबेला उनलाई यो सजाय सुनाइएको हो ।
Facebook Comments