धितोपत्र बोर्डले माग्यो नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि आवेदन मागेको छ ।

बोर्डले आज पत्रिकामा सूचना निकालेर अनुमतिपत्रका लागि आवेदन मागेको हो । गोरखापत्र दैनिकमा प्रकाशित सूचनामा अनुपतिपत्रका लागि ३० दिन भित्र बोर्डमा आवेदन दिन आह्वान गरिएको छ ।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा तोकिए बमोजिम निवेदन, निवेदन दस्तुर, विवरण तथा कागजात संलग्न गरी बोर्डमा निवेदन दिन बोर्डले सूचना निकालेको हो ।

धितोपत्र व्यवसाय गर्न इच्छुक, धितोपत्र सम्बन्धी ऐन तथा नियमावली बमोजिम योग्यता पुगेका संस्थाले अनुमतिपत्रका लागि आवेदन दिन पाउने सूचनामा उल्लेख छ ।

Facebook Comments