काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन्।
सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री मोदीको अकाउन्टमा मेन्सन गर्दै देउवाले जन्मदिनको अवसरमा शुभकामना दिएका हुन्।
उनले मोदीको दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गरेका छन्। प्रधानमन्त्री माेदीले प्रधानमन्त्री देउवाले दिएकाे शुभकामनाप्रति अभार व्यक्त गरेका छन् । प्रधानमन्त्री माेदीले भने, ‘धन्यवाद प्रधानमन्त्री ज्यु @SherBDeuba तपाईको न्यानो जन्मदिनको शुभकामनाको लागि।’
प्रधानमन्त्री मोदी आजबाट ७२ वर्षमा प्रवेश गरेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार जन्मदिनको अवसरमा भाजपाले देशका विभिन्न स्थानमा भव्य कार्यक्रमहरुको आयोजना गरेको जनाएको छ।
Thank you Prime Minister @SherBDeuba for your warm birthday wishes. I am deeply touched. https://t.co/72hQrlkDGw
— Narendra Modi (@narendramodi) September 17, 2022
