सन्दीपलाई इन्टरपोलको सहयोगमा नियन्त्रणमा लिइने

काठमाडौं । नाबालिगमाथि जबर्जस्तीकरणीको उजुरी दर्ता भएपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्नका लागि इन्टरपोलको सहयोग लिइने भएको छ ।

प्रहरी प्रवक्ता डिआईजी टेकप्रसाद राईले प्रहरीमा सन्दीपविरुद्ध जबर्जस्तीकरणीको उजुरी दर्ता भएसँगै उनलाई पक्राउ गर्न इन्टरपोलको सहयोग लिइने र प्रक्रिया अघि बढिसकेको बताए ।

डिआईजी राईले भने, ‘काठमाडौंमा भएको भए नेपाल प्रहरी आफैले यो प्रक्रिया अघि बढाउने थियो, तर अहिले उनी देशबाहिर रहेकाले इन्टरपोलको सहयोगमा सन्दीपलाई नियन्त्रणमा लिन्छौं ।’

डिआईजी राईका अनुसार सन्दीप आफैँ प्रहरीसमक्ष आएमा इन्टरपोलको सहयोग लिन पर्दैन । सन्दीप माथि भदौ ५ गते एक बालिकाले होटेलमा लगेर पटक पटक बलात्कारको आरोप लगाउँदै मंगलबार गौशाला बृत्तमा उजुरी दर्ता गराएका छन् ।

जबर्जस्तीकरणीको आरोप लागेका सन्दीप भने हाल वेस्टइन्डिजमा जारी क्यारेवियन प्रिमियर लिग खेल्नका गएका छन् । अहिले सन्दीपमाथि प्रहरीले चौतर्फी अनुसन्धान गरिरहेको छ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.