लोसपा बर्दियाले ग‍र्‍यो उम्मेदवार सिफारिस

बर्दिया । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल बर्दियाले आगामी मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ।

लोसपा जिल्ला कार्यसमिति बर्दियाको बैठकले निर्णय गर्दै उम्मेदवारको नामावली सिफारिस गरेको हो।

बर्दिया प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ प्रत्यक्षबाट महेन्द्र किशोर झा, प्रदेश सभा सदस्य क्षेत्र नम्बर १ (ख) मा सुरेश कुमार शुक्ला, प्रतिनिधि सभा क्षेत्र नम्बर १ समानुपातिकतर्फ केशव कुमार यादव, कीर्तिनाथ यादव र ममता बंजाराको नाम सिफारिस गरेको पार्टीका बर्दिया अध्यक्ष सुरेश कुमार शुक्लाले जानकारी दिए।

पार्टीले प्रदेश सभा समानुपातिक तर्फ पुनम शुक्ला (मधेसी महिला), ममता बंजारा (जनजाति), केशरानी रैदास (दलित महिला), निशा यादव (मधेसी महिला), लक्ष्मी गुप्ता (मधेसी महिला) को नाम सिफारिस गरेको जनाएको छ।

प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर २ को प्रत्यक्षतर्फ अनिरुद्ध आर्यको नाम सिफारिस भएको जिल्लाध्यक्ष शुक्लाले जानकारी दिएका छन्।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.