काठमाडौँ । राष्ट्रिय एकता अभियान नेपालले आज काठमाडौँमा प्रदर्शन गरेको छ । जेहादीहरूविरूद्द अभियानले मुस्लिम आयोगको कार्यालय अगाडि प्रदर्शन गरेको हो ।
अभियानका अध्यक्ष विनय यादवले नेपालमा जेहादीहरूले मुस्लिम आयोगकाे नाममा आतंकवाद फैलाइरहेकाे आराेप लगाइरहेका छन् ।
प्रदर्शनमा सहभागी युवाहरूले जेहादी प्रवर्द्धक मुस्लिम आयाेग खारेज गर, अपराधी भगाउने समिम मियाँलाई कारवाही गर, नेपाललाई जेहादी आश्रय केन्द्र बनाउन पाइँदैन, इस्लामिक अतिवाद मुर्दावाद, विमानस्थलकाे सुरक्षामा खलल पुर्याउने समिम मियाँलाई कारवाही गर लगायतकाे नारा लगाएका थिए ।




Facebook Comments