कोरोना संक्रमितकाे संख्या ३२३५ पुग्याे

coronavirus-thumb-img

काठमाडौं । नेपालमा शनिवार थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा आज एकैपटक ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।आज मात्रै नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ भने उपचार पछि निको भएर घर फर्किनेको संख्या ३६५ पुगेको छ ।

मन्त्रालयका अनुसार आज थप ३२ जना कोरोनालाई जितेर घर फर्किएका छन् । नेपालमा हिजो (शुक्रवार) एकेपटक २७८ जना कोरोना संक्रमित थपिएका थिए ।

Facebook Comments