नवनियुक्त भारतीय विदेशसचिव क्वात्राले गरे पदभार ग्रहण

काठमाडाैँ । नवनियुक्त भारतीय विदेश सचिव विनयमोहन क्वात्राले आइतबार कार्यभार सम्हालेका छन्। गत चैत २२ भारत सरकारले क्वात्रालाई विदेश सचिवमा पदोन्नति गरेको थियो। क्वात्राले हर्ष शृंगलालाई प्रतिस्थापन गरेका हुन्। शृंगलाले हिजो शनिबार विदेश सेवाबाट अवकाश पाएका थिए।

क्वात्रा नेपालस्थित भारतीय राजदूत रहँदै सचिवमा बढुवा भएका हुन्। राजदूतका रुपमा नेपालमा कार्यरत अवस्थामै विदेश सचिवमा पदोन्नति हुने क्वात्रा दोस्रो भारतीय कूटनीतिज्ञ हुन्।

यसअघि तत्कालीन भारतीय राजदूत श्याम शरण विदेश सचिव भएका थिए। शरण काठमाडौँमा राजदूत हुँदाकै बखत सन् २००४ अगस्ट ४ मा विदेश सचिवमा बढुवा भएका थिए।

नेपालमा राजदूत भएको केहीपछि भारतमा विदेश सचिव नियुक्त भएका थिए महाराजकृष्ण रसगोत्रा। रसगोत्रा सन् १९७३ देखि १९७६ सम्म काठमाडौँस्थित भारतीय राजदूत थिए। रसगोत्रा नेपालपछि फ्रान्समा राजदूत भएका थिए। त्यसको केही वर्षपछि उनी विदेश सचिव नियुक्त भएका थिए।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.