चुनावअगाडि गरिने तालमेल नेपालको राजनीतिक संस्कृतिका लागि हितकर छैन : गगन थापा

 

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावअगाडि गरिने नेपालको राजनीतिक संस्कृतिको लागि हितकर नभएको बताएका छन्। नयाँ वर्षको अवसरमा मित्रपार्कमा आयोजित चियापान समारोहमा बोल्दै उनले यसले तालमेलले कुनै पार्टीलाई पनि राम्रो नगर्ने बताए।

उनले तालमेल नेपालको लोकतन्त्रको दीर्घकालीन हितमा छ कि छैन भनेर उचित समयमा छलफल गर्नैपर्छ, बहस गर्नैपर्छ भन्ने लाग्छ। स्थानीय निर्वाचनमा स्थानीय मुद्दाभन्दा पनि बढी गठबन्धनको विषयले चर्चा पाएकोमा पनि उनले असन्तुष्टि जनाए।

‘मैले केही समयअघि केन्द्रीय समिति बैठकमा राखेको कुरा स्मरण गर्छु, राजनीतिक व्यवस्था, खासगरी संसदीय व्यवस्थाभित्र दलहरुका बीचमा तालमेल नहुने होइन। तर हामी जुन खालको तालमेलको संस्कृतितर्फ जाँदैछौँ। यसले नेपालको लोकतन्त्रको स्वास्थ्यलाई राम्रो गर्दैन,’ उनले भने।

आफू तालमेलको पक्षमा नभए पनि पार्टीको निर्णय मानेको र मान्नुपर्ने उनको भनाइ छ। ‘बहुसंख्यक साथीहरुले तालमेल गरेर जानुपर्छ भनेर निर्णय गरेपछि त्यसलाई मानेको छु, मान्नुपर्छ,’ उनले भने।

थापाले तल्ला समितिले तालमेल गर्छौं भन्छन् भने तालमेल हुने र गर्दैनौं भन्छन् भने माथिले थोपर्न नपाउने बताए। थोपरेर कसैले मान्दा पनि नमान्ने उनको भनाइ छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.