अमेरिकामा रेलभित्र अन्धाधुन्ध गोली हानेर १० जना घाइते बनाउने व्यक्ति पक्राउ

 

न्युयोर्क। २४ घण्टाको खोजीपछि न्युयोर्क प्रहरीले अन्ततः ब्रुकलिन सबवे स्टेसनमा मंगलबार भएको बन्दुक हमलाका दोषिलाई पक्राउ गरेको छ ।

प्रहरीले फ्रान्क रोबर्ट जेम्सलाई म्यानहट्टनको पूर्वी गाउँबाट गिरफ्तार गरेको हो । सर्वसाधारणले दिएको सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको थियो ।

क्राइम स्टोपर्स नाम गरेका एक सर्वसाधारणले ६२ वर्षीय जेम्सलाई पूर्वीगाउँमा हिँडिरहेको अवस्थामा देखेका थिए ।

स्थानीय समयअनुसार मंगलबार बिहान रेलभित्र उनले चलाएको गोली लागेर १० जना घाइते भएका थिए भने अन्य दर्जनौं घाइते भएका थिए । घाइतेमध्ये कम्तीमा पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको थियो ।

सो घटना अतिवादी हमलासँग सम्बन्धित भए रनभएको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । बन्दुकधारीले ग्यास मास्क लगाएका थिए । मानिसहरूमाथि अन्धाधुन्ध फायरिङ गर्नुअघि उनले सबवे गाडीभित्र ग्यास क्यानिस्टर खोलेका थिए ।

Facebook Comments