पाकिस्तानले अप्रिलदेखि २७ प्रतिशत पानीको चरम संकटको सामना गर्ने

इस्लामावाद । पाकिस्तानमा पानीको संकट झन् खराब हुँदै गएको अधिकारीहरूले बताएका छन्। खरीफ ऋतुको (अप्रिल १) सुरुदेखि देशमा २७ प्रतिशतसम्म पानीको अभाव हुन सक्ने बिहीबार सिन्धु नदी प्रणाली प्राधिकरण(आईआरएसए)ले जानकारी गराएको हो।

प्राधिकरणको सल्लाहकार समितिको बैठकले पाकिस्तान खरीफ मौसमको सुरुमा २० प्रतिशतदेखि २७ प्रतिशतसम्म पानीको आपूर्तिको अभाव हुन सक्ने बताएको हो।

यद्यपि खरीफको समय यो अभाव आठ प्रतिशतदेखि १० प्रतिशत हुने सम्भावना रहेको सरकारी छ स्रोतलाई उद्धृत गरी द नेशनले लेखेको छ।
हालैका वर्षहरूमा पाकिस्तानमा पानीको सङ्कट झन्झन् खराब हुँदै गइरहेको छ। पाकिस्तानले पिउने पानी, शिक्षा र चिकित्सा सुविधालगायत आधारभूत आवश्यकताहरूसँग संघर्ष गरिरहेको छ।

आईआरएसए खानेपानी सम्झौता १९९१ ले वर्षमा दुई पटक, खरीफ र रबि ऋतु सिजनको लागि देश र प्रान्तीय हिस्सामा पानीको व्यवस्थापन गरेको छ। रबी मौसम अक्टोबर १ देखि सुरु हुन्छ र मार्च ३१ मा अन्त्य हुन्छ भने खरिफ अप्रिल १ देखि सुरु भई सेप्टेम्बर ३० सम्म जारी रहन्छ।

‘द नेशन’ले रिपोर्ट गरेअनुसार बालोचिस्तान र खैबर पख्तुनख्वाको पानीको हिस्सालाई भने कटौती गर्न नपाइने सम्झौतामा उल्लेख छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.