सिके राउत र सरकारबीच भएको सहमति कार्यान्वयन गर्न माग

 

गृहमन्त्री बालकृष्ण खाँण र जनमत पार्टीका महासचिव चन्दन सिंहबीच भेटवार्ता भएको छ।

गृह मन्त्रालयमा भएको भेटमा विसं २०७५ फागुन २४ गते नेपाल सरकार र तत्कालिन सिके राउत नेतृत्वमा रहेको संगठनबीच भएको ११ बुँदे सहमति कार्यान्वयनका सम्बन्धमा छलफल भएको मन्त्रालय स्रोतले जनाएको छ।

भेटमा गृहमन्त्री खाँणले जनमत पार्टी शान्तिपूर्ण तरिकाले राजनीतिक गतिविधि अगाडि बढाउँदै आइरहेकोमा खुसी व्यक्त गरे। स्थानीय तह निर्वाचनमा सहभागी हुने जनमत पार्टीको निर्णय स्वागतयोग्य रहेको गृहमन्त्री खाँणले बताए।

त्यस्तै सहमति कार्यान्वयनका लागि फेरि बैठक बसेर निष्कर्षमा पुग्ने सहमति बनेको छ। छलफल सकारात्मक रहेकाले अर्को बैठक बसेर टुंग्याउने सहमति बनेको मन्त्रालयल स्रोतले जनाएको छ।
गृहमन्त्री खाँणले सहमति कार्यान्वयनका लागि सरकार सकारात्मक रहेको बताएका छन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.