सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो

 

३० चैत, काठमाडौं । बुधबार सुनको सुन र चाँदीको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ चाँदीको मूल्य २० रुपैयाँले बढेको छ ।

बढेको मूल्यपछि छापावाल सुनको मूल्य एक लाख एक हजार ५ सय रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुनको मूल्य एक लाख एक हजार रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य १४ सय रुपैयाँ प्रतितोला कायम भएको छ ।

सोमबार एक लाख ९ सय रुपैयाँमा छापावाल र एक लाख ४ सय रुपैयाँ प्रतितोलामा तेजावी सुनको कारोबार भएको थियो । यस्तै सोमबार १३ सय ८० रुपैयाँ तोलामा चाँदीको खरिद बिक्री भएको थियो ।

Facebook Comments