जनताबाट नभई परमादेशबाट बनेको सरकार जनताप्रति गैरजिम्मेवार : ओली

 

काठमाडौ २९ चैत । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गैरजिम्मेवार गठवन्धन सरकारको केहि भर नहुने बताएका छन् ।

मंगलबार ‘संघर्षशील योद्धाहरु’ नामक पुस्तक लोकापर्ण समारोहलाई सम्बोधन गर्दै ओलीले यो सरकार जनताबाट नभई परमादेशबाट बनेको भन्दै यो सरकारले जालझेल र षड्यन्त्र गरेर जाली मुद्दा लगाउन सक्ने आशंका समेत व्यक्त गरेका छन् ।

‘समय त हिजोको जस्तो छैन । तर सरकार चाहिँ उसै वेलाको जस्तो छ, जालझेल, तिक्डम गर्ने खालको, जनताबाट नआएको परमादेशबाट आएको, जनताप्रति जिम्मेवार नभएको गैरजिम्मेवार भएको’ ओलीले भने ।

Facebook Comments