रेणुलाई भरतपुरका जनताले खोजेका छन् : नारायण दाहाल

 

काठमाडौं- राष्ट्रिय सभा सदस्यमा मनोनित भएका नारायण दाहालले भरतपुरमा रेणु दाहाललाई त्यहाँका जनताले खोजेको बताएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइसमेत रहेका उनले उनको कामले जनताले खोजेको बताए। ‘अब रेणुलाई हामीले खोजेको होइन, भरतपुरका जनताले खोजेका हुन्। त्यहाँको विकास निर्माण, त्यहाँका कामकारबाहीले गर्दा’, उनले भने।

उनले रेणु आफैं प्रचण्डको छोरी भएर होइन, आन्दोलनकारी भएर आन्दोलनमा आएको बताए। ‘पार्टीको एउटा नेताको रुपमा आएको हो। पार्टीको कार्यकर्ताको रुपमा आएको हो। पार्टीले दिएको जिम्मेवारी पूरा गर्दै आएको हो,’ उनले भने। उनले अध्यक्ष प्रचण्ड र आफू एकै दिन होलटाइमर भएर हिँडेको भए पनि प्रचण्डको भाइ भनिएकाले अवसरहरु गुमाउनुपरेको बताए।

‘अध्यक्ष र म एकैदिन होल टाइमर भएर हिँडेको हो। म निरन्तर पार्टीमा छु, निरन्तर काम गरिरहेको छु। मेरो दाबी के छ भने यस्तै बाहिरको दाबीले गर्दा मैले पार्टीबाट जति अवसर पाउनुपर्ने हो, गुमाउनुपरेको हो,’ उनले भने।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.