वाणिज्य विभागका महानिर्देशक फेरिए

 

काठमाडौं /
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य विभागको नेतृत्व फेरेको छ । विभागको महानिर्देशकको रुपमा जिम्मेवारी सम्हालेको ६ महिना पनि नपुग्दै प्रेमकुमार श्रेष्ठलाई हटाएर उनको ठाउँमा लिलाप्रसाद शर्मालाई विभागको जिम्मेवारी तोकिएको हो । श्रेष्ठ मन्त्रालय तानिएका छन् ।

सरकारले आचार संहित लागू हुनु भन्दा केही दिन अघि सुटुक्क गरेको कर्मचारी हेरफेरमा श्रेष्ठलाई हटाएर शर्मालाई ल्याइएको हो । शर्मा प्रधानमन्त्री शेरबहादुर देउवा र नवनियुक्त उद्योग तथा वाणिज्यमन्त्री दिलेन्द्र प्रसाद बडु निकटस्थ हुन् ।

८ महिनादेखि नेतृत्वविहीन बनेको मन्त्रालयमा सुदूरपश्चिमका नेता बडुले नयाँ जिम्मेवारी पाएसँगै कैलालीका शर्मालाई विभागको नेतृत्वमा ल्याएका हुन् । शर्माले गत वर्ष मात्रै खुल्लामा सहसचिवमा नाम निकालेका थिए । यस अघि उनी सहकारी विभागमा थिए ।

Facebook Comments