आजको मौसम : मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना

काठमाडौं – आज दिउँसो देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश–१ लगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेनेछ । अन्य भू–भागमा आंशिक बदली रहने विभागले जनाएको छ ।

राति सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भू–भागमा सामान्यतया मौसम सफा रहनेछ ।

Facebook Comments