कोरोना भाइरसबाट अमेरिकामा १ लाख १० हजार बढीकाे मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारीबाट विश्वमा अहिलेसम्म ३ लाख ९३ हजार बढीकाे मृत्यु भईसकेको छ भने ६७ लाख २ हजारभन्दा बढीमा संक्रमण भएको छ । त्यस्तै ३२ लाख ५१ हजार ५९२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५५ हजार ४५६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा अहिलेसम्म १ लाख १० हजार १७३ जनाको मृत्यु भएको छ भने १९ लाख २४ हजार ५१ जनालाई संक्रमण भएको छ । त्यहाँ ७ लाख १२ हजार २५२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १७ हजार ८३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको न्यूयोर्कमा अहिलेसम्म ३० हजार २८१ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ८३ हजार ८९९ जनालाई संक्रमण भएको छ । त्यस्तै न्यूजर्सीमा अहिलेसम्म १२ हजार ६ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६४ हजार ५१९ जनालाई संक्रमण भएको छ । अमेरिकामा बिहीवार मात्रै २२ हजार २६८ जना संक्रमित थपिएका छन् भने १ हजार ३१ जनाको मृत्यु भएको छ ।

Facebook Comments