भन्सार एजेन्टको परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण, यी हुन् केन्द्र (सूचनासहित)

काठमाडौं । भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षाको परीक्षा केन्द्र तोकेको छ ।

बिहीवार सार्वजनिक सूचना जारी गर्दै विभागले एजेन्टको लिखित परीक्षाका लागि परीक्षा केन्द्र तोकिएको जनाएको हो ।

परीक्षा यही फागुन २८ गते दिउँसो २ बजे हुने यसअघि नै तय भइसकेको छ ।

स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड र लोकसेवा आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ (संशोधन सहित) बमोजिम परीक्षा सञ्चालन गर्ने गरी तोकिएको छ ।

Facebook Comments