एमसीसी सम्झौताका सबालमा नेपाली नेतालाई कुनै धम्की दिएका छैनौँ : अमेरिकी राजदूत बेरी

काठमाडौं । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका सबालमा नेपालका नेताहरुलाई कुनै पनि धम्की नदिएको अमेरिकी राजदूत र्‍यान्डी बेरीले स्पष्ट पारेका छन् ।

केही दिनअघि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले सत्ता गठबन्धनका शीर्ष नेताहरुलाई एमसीसी पास गर्न टेलिफोन वार्तामार्फत दबाव दिएको समाचार बाहिरिएका थिए ।

सोही धम्की दिएको विषयमा अमेरिकाले खण्डन गर्दै काठमाडौंस्थित अमेरिकी दूतावासले धम्की दिएको घट्ना पूर्णरुपमा गलत भएको स्पष्ट पारेको हो । राजदूत बेरीले भने, ‘हामीले नेपाललाई आफ्ना प्रतिबद्धताहरू पालना गर्न आग्रह गरेका हौं। एमसीसीलाई नेपाली नेताहरूले अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय नेपालले एक सार्वभौम लोकतान्त्रिक राष्ट्रका रूपमा गर्ने निर्णय हो र नेपाल एक्लैको निर्णय हो।’

अमेरिकाले एमसिसी अनुमोदनका सन्दर्भमा धम्की दिएको भनी आएका टिप्पणीको जवाफ दिँदै सोमबार राजदूत बेरीले भनेका छन्, ‘हामीले नेपाली नेताहरूलाई धम्की दिएको भन्ने कुरा असत्य हो। हामीले त नेपाललाई आफ्ना प्रतिबद्धताहरू पालना गर्न आग्रह मात्र गरेका हौं।’

उनले नेपाली नेताहरुले वाचा पूरा गर्ने कार्यमा वर्षौंको ढिलाइ गरेपछि आफूहरुले अनुमोदनको पक्रियामा लैजान आग्रह गरेको स्पष्ट पारे। ‘हामीले यतिमात्र भन्न खोजेका हौं कि एमसीसी सम्झौतालाई अनुमोदन गर्न मतदानको प्रक्रियामा ल्याइयोस् ता कि नेपाली जनताले आफ्ना निर्वाचित प्रतिनिधिमार्फत् आफ्नो भनाइ राख्न सकून्,’ उनले भने।

अमेरिका र नेपालबीचको सम्बन्ध एउटा सम्झौताभन्दा धेरै फराकिलो रहेको बताउँदै राजदूत बेरीले यो वर्ष नेपाल–अमेरिकाबीचको सम्बन्धका ७५ वर्षहरूमा नेपालले धेरै ऐतिहासिक र अविश्वसनीय परिवर्तनहरू देखेको उल्लेख गरेका छन्।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.