‘नेपाल-चीन सीमा समस्याबारे सरकरले अधिकारिक धारणा सार्वजनिक गर्ने गरेकाे घाेषणा स्वागत याेग्य’

काठमाडौं । राष्ट्रिय एकता अभियानले सरकरले नेपाल-चीन सीमा समस्याबारे आधिकारिक धारणा सार्वजनिक गर्न गरेकाे घाेषणाकाे स्वागत गरेकाे छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनसँगको सीमा समस्याबारे अध्ययन गरी आधिकारिक धारणा सार्वजनिक गर्ने गरेकाे सरकारी घोषणाको अभियानले स्वागत गरेकाे हाे ।

अभियानले नेपालको भौगोलिक अखण्डता, स्वाधीनता एवम् सार्वभौमिकताको पक्षमा निरन्तर आवाज उठाउदै आएको आएकाे छ ।

अभियानका केन्द्रीय अध्यक्ष विनय यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएकाे छ,’नेपालको उत्तरी सिमानामा निरन्तर रूपमा भइरहेको चिनियाँ अतिक्रमण रोक्नु तपाईं हामी सबै सच्चा नागरिकको दायित्व हो। यही मिति २०७८ माघ २४ गते अभियानले चिनियाँ अतिक्रमणविरुद्ध नेपाललाई साथ दिन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको स्मरण गराउन चाहन्छ।’

यसै सन्दर्भमा नेपाल सरकारले आज नेपाल-चीन सीमा समस्याबारे अध्यन गरी आधिकारिक धारणा सार्वजनिक गर्ने गरेको निर्णय स्वागत याेग्य रहेकाे अभियानले जनाएकाे छ । साथै अभियालने विज्ञप्तिमार्फत नेपाल सरकारलाई विशेष धन्यवादसमेत दिएकाे छ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.