एजेन्सी । भारतले आजदेखि चीनको राजधानी बेइजिङमा सुरु हुने शीतकालीन ओलम्पिक कूटनीतिकरुपमा बहिस्कार गर्ने भएको छ ।
चीनले भारतसँगको सीमा विवादको क्रममा भएको झडपका घाइते कमाण्डरलाई ओलम्पिकको टर्च समाउन दिने निर्णय गरेपछि भारतले कूटनीतिकरुपमा यो प्रतियोगिता बहिस्कार गर्ने निर्णय गरेको हो ।
भारतीय राजदूत उद्घाटन र समापन समारोहमा नजाने भारतीय विदेश मन्त्रालयलाई उदृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो ओलम्पिकलाई लिएर अमेरिका, अस्ट्रेलिया, क्यानडालगायतका केही देशले पनि कूटनीतिक बहिष्कार गर्ने यसअघि नै जनाइसकेका छन् ।
पछिल्ला वर्ष भारत र चीनबीच गलवानको विवाद भएको थियो । । दुई देशबीच उच्च तहमा वार्ता भए पनि निष्कर्षमा पुग्न नसक्दा तनाव घटेको छैन ।
Facebook Comments