युवा संघ नेपालद्धारा प्रधानमन्त्री देउवा र मन्त्री यादवको पुतला दहन

जनकपुर । स्थानीय निर्वाचन र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको बर्खास्तीको माग गर्दै जनकपुरमा प्रधामन्त्री शेरबहादुर देउवा र मन्त्री यादवको पुतला दहन गरिएको छ ।

नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल मधेश प्रदेश कमिटीले मन्त्रीले मर्यादा विपरित हिंसात्मक अभिव्यक्ति दिए पनि सरकारले बर्खास्ती नगरेको भन्दै प्रधानमन्त्री देउवा र मन्त्री यादवको पुतना दहन गरेको हो ।

संघका नेताहरुले स्थानीय रेल्वे स्टेशनबाट र्‍याली निकाल्दै भानु चोक, शिव चोक हुँदै जनक चोक पुगेर कोण सभामा गरेका थिए । जहाँ उनीहरुले दुवै नेताको पुलता दहन गरेका थिए ।

र्‍यालीमा सहभागी युवाहरूले स्थानीय तहको चुनावको मिति तत्काल घोषणा गर्न र मन्त्री यादवमाथि कारबाहीको माग गर्दै नाराबाजी गरेका थिए ।

Facebook Comments