राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले चैत्र मसान्तसम्म कुनै पनि भत्ता नलिने

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले जेठ २२ गतेदेखि २०७७ चैत्र मसान्तसम्म कुनै पनि भत्ता नलिने घोषणा गरेका छन् ।

एक विज्ञप्तिमार्फत उनले मुलुक कोरोना भाइरस संक्रमणको महामारी विरुद्ध लडिरहेको सन्दर्भमा सार्वजनिक खर्चमा मितव्ययीता ल्याउनको लागि २०७७ साल जेठ २२ गतेदेखि २०७७ चैत्र मसान्तसम्म संघीय संसद, राष्ट्रिय सभाको बैठक भत्ता तथा विभिन्न कामको सिलसिलामा मुलुकभित्र भ्रमण गर्दा समेत कुनै पनि भ्रमण भत्ता नलिने घोषणा गरेका हु्न् ।

उनले उक्त भत्ताहरु नेपाल सरकारको राजस्व खातामा जम्मा गरिदिन पनि संसद सचिवालयलाई अनुरोध गरेका छन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.