अदालतमा लकडाउन खुल्दै, शुरु भयो थप ८ प्रकारका मुद्दाको सुनुवाइ

काठमाडौं । लामो लकडाउनका कारण जनस्तरबाटै लकडाउन उलंघन हुँदै जाँदा अदालत पनि सामान्य अवस्थातर्फ फर्किने प्रयासमा देखिएको छ । सर्वोच्च अदालतले थप ८ प्रकारका मुद्दाहरुको सुनुवाई खुकुलो पार्ने निर्णय गरेको छ। यससँगै अदालत सामान्य अवस्थातर्फ फर्किन लागेको हो ।

बुधवार बसेको फुलकोटको बैठकले कानुन व्यवसायी वा पक्ष उपस्थित हुन सक्ने अवस्थाका मुलुकी फौजदारी कार्यविधि संहिता अनुसारको निवेदन, पक्ष वा कानुन व्यवसायी उपस्थित हुनसक्ने अवस्थाका दरपीठ आदेश विरुद्धका निवेदनहरु र लकडाउनअघि दर्ता भई कारबाहीयुक्त अवस्थामा रहेको र पक्ष वा कानुन व्यवसायी उपस्थित हुनसक्ने मुद्दालगायतको सुनुवाइ शुरु गर्ने निर्णय गरेको गर्ने निर्णय गरेको हो ।

सर्वोच्चले लकडाउन शुरु भएपछि सुरुमा बन्दीप्रत्यक्षीकरण र कोरोना भाइरस सम्बन्धी मात्र मुद्दाहरुको सुनुवाइ शुरु भएको थियो । यस्तै, त्यसको केही समयपछि सेवाग्राही उपस्थित नहुँदा हुने मुद्दा र सार्वजनिक सरोकारका रिट निवेदनहरुमाथि सुनुवाइ शुरु गरेको थियो।

Facebook Comments