पाकिस्तानी जनताको गुहार : ‘प्रधानमन्त्री नरेन्द्र मोदी आउनुहोस्, यो दमनबाट छुटकारा दिलाउनुहोस्’ (भिडियोसहित)

एजेन्सी । पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ । जसमा एक पाकिस्तानी व्यक्तिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकारसँग मद्दत मागेको देखिन्छ ।

रिपोर्टका अनुसार भिडियो पाकिस्तान प्रशासित कश्मीर क्षेत्रको हो। भिडियोमा देखिएका व्यक्तिको पहिचान मलिक वासिमको रूपमा गरिएको छ । भिडियोमा ती व्यक्तिले यहाँ रहेको सम्पति भारत र सिखहरुको हो भनी खुलासा गरेका छन् ।

सोही क्रममा पाकिस्तानी प्रहरीले आफूलाई यातना दिएको र बालबालिकासहित सम्पूर्ण परिवारलाई घरबाट जबरजस्ती निकाली सिल गरेको उनको भनाइ छ ।

ती व्यक्ति भन्छन्, ‘हाम्रो घर यहाँको प्रहरीले सिल गरेको छ। म मुजफ्फराबादका आयुक्तलाई घर हामीलाई हस्तान्तरण गर्न आग्रह गर्दछु। तपाईंले मेरा बच्चाहरूलाई सडकमा देख्न सक्नुहुन्छ। मलाई केही भयो भने त्यसको जिम्मेवारी आयुक्त र तहसीलदारको हुनेछ । उनीहरु चाहन्छन् कि म मेरो घर खोलोस्, नत्र भारत सरकारको सहयोग लिन बाध्य छु । म प्रधानमन्त्री मोदीलाई पाठ सिकाउन आग्रह गर्दछु।’

भारतले आतंकवादलाई लिएर बारम्बार पाकिस्तानको पोल खोलिरहेको छ । मंगलबार पनि भारतले संयुक्त राष्ट्रसंघमा पाकिस्तानलाई लिएर घेरेको छ ।

भारतले सन् १९९३ को मुम्बई विष्फोटका दोषी अझै पनि पाकिस्तानमा पाँच तारे आतिथ्यताको आनन्द लिइरहेको बताएको छ । पाकिस्तानमा लुकेर बसेको दाउद इब्राहिमको बारेमा भारतले यस्तो भनेको हुन सक्ने आँकलन गरिएको छ ।

मोदी भारतमा मात्रै होइन पाकिस्तानमा पनि मनपर्ने प्रधानमन्त्री हुन् । प्रधानमन्त्री मोदीले पनि पाकिस्तानलाई सर्जिकल स्ट्राइक र एयर स्ट्राइक गरेर यो नयाँ भारत हो भनी कडा जवाफ दिएका छन् ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.