यी अस्पतालमा पाइन्छ कोरोनाका बिरामीले निशुल्क उपचार

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो मातहतमा रहेका ७८ वटा अस्पतालमा कोभिड–१९ केअर यूनिट सञ्चालन गरी कोरोना भाइरस सङ्क्रमण भएका बिरामीलाई निःशुल्क उपचारको प्रबन्ध गरिएको बताएको छ।

तिनमा जिल्ला अस्पताल, प्रादेशिक अस्पताल र केन्द्रका अस्पतालहरू समाविष्ट रहेका छन्। अहिले देशभरि सङ्क्रमण पुष्टि हुने बढिरहेको सरकारको तथ्याङ्कले देखाउँछ। अहिले फेला पर्ने नयाँ सङ्क्रमित तथा देशभरि भएका सक्रिय सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकामा हुनेको सङ्ख्या आधाभन्दा बढी छ। आइसोलेशन सेन्टर तथा अस्पतालमा भर्ना हुने बिरामीको सङ्ख्या पनि बढिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

सरकारले तोकेका अस्पताल वा आइसोलेसन सेन्टरमा निस्शुल्क सेवा लिनका लागि बिरामीमा कोभिड पुष्टि भएको हुनुपर्छ। त्यसरी सङ्क्रमित भएर आइसोलेसनमा बस्न जाने वा उपचार गर्ने बिरामी सरकारले तोकेका अस्पतालमा गए उनीहरूको उपचार निस्शुल्क हुनेगरी हालै मन्त्रिपरिषद्ले निर्णय गरेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए।

सरकारले काठमाडाैं उपत्यकामा रहेका अस्पतालहरूमा आईसीयू, भेन्टिलेटर, एम्बुलेन्सको उपलब्धताबारे जानकारी लिनका लागि स्वास्थ्य मन्त्रालयको ११३३ हटलाइन नम्बरमा जानकारी दिन सकिने जनाएको छ।

यी हुन् निःशुल्क उपचार पाउन तोकिएका अस्पताल :

प्रदेश नं १

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
कोशी अस्पताल
मेची अस्पताल
इलाम अस्पताल र
जिल्ला अस्पतालसहित १४ वटा अस्पताल

मधेश प्रदेश (प्रदेश नं २)

नारायणी अस्पताल
प्रादेशिक अस्पताल जनकपुर
गजेन्द्र नारायण सिंह अस्पताल राजविराजसहित सात अस्पताल

बागमती प्रदेश

वीर अस्पताल
सिभिल अस्पताल
शिक्षण अस्पताल महाराजन्ज
शहीद गङ्गालाल मुटु रोग अस्पताल
जनमैत्री अस्पताल
किस्ट अस्पताल
नेपाल मेडिकल कलेज
धुलिखेल अस्पताल
भक्तपुर अस्पताल
नेपाल कोरिया मैत्री हस्पिटल
नेपाल प्रहरी अस्पताल
श्री वीरेन्द्र अस्पताल
मनमोहन अस्पताल
सशस्त्र प्रहरी बल अस्पताल
राष्ट्रिय आयुर्वेद तथा अनुसन्धान केन्द्र
आनन्दवन अस्पताल
मानसिक अस्पताल
चापागाउँ अस्पताल
शुक्रराज ट्रपिकल तथा रोग नियन्त्रण अस्पताल र
पाटन अस्पताल

गण्डकी प्रदेश

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
सङ्क्रामक रोग अस्पताल कास्की
धौलागिरि अञ्चल अस्पताल
मध्यबिन्दु अस्पताल
बेनी अस्पताल र
दमौली अस्पताल

लुम्बिनी प्रदेश

लुम्बिनी प्रादेशिक अस्पताल
भेरी अस्पताल
बेलझुन्डी कोभिड विशेष अस्पताल
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
नेपालगन्ज सैनिक अस्पताल र
कपिलवस्तु अस्पतालसहित आठवटा अस्पताल

कर्णाली प्रदेश

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
प्रदेशका सबैजसो जिल्ला अस्पताल

सुदूरपश्चिम प्रदेश

सेती प्रादेशिक अस्पताल, धनगढी
महाकाली अस्पताल,
टीकापुर अस्पताल
डडेलधुरालगायत सबैजसो जिल्ला अस्पताल

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.