नेपालले तिब्बतजस्तो गल्ती गर्नु हुँदैन : योगी आदित्यनाथ

काठमाडाैँ। भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल सरकार लाई राजनीतिक नक्शाको परिबर्तन गर्नु अघि त्यसले पार्ने प्रभावहरबारे ध्यान दिन आग्रह गरेका छन् ।

उनले नेपाल सरकारलाई तिब्बतबारे स्मरण गराउदै तिब्बतजस्तै गल्ती नगर्न सचेत समेत गराएका छन् । योगीले नेपाल भारत सम्बन्धबारे स्मरण गराउदै भने,’ नेपाल र भारत दुई देश भएपनि एक आत्मा हो।’

बुधवार लखनऊका पत्रकारहरुसंग कुराकानी गर्दै उनले थप्दै भने,’भारत र नेपालका सदियौ पुरानो सम्बन्धहरु छन् जसलाई भौगोलिक सीमाले मात्र निर्धारण गर्दैनI दुवै देशबीच गहिरो सांस्कृतिक सम्बध छन् । नेपाल सरकारले कुनै पनि निर्णय लिनु अगाडी यी सम्बधहरुलाई ध्यानमा राख्नु पर्दछ I नेपाल सरकार समय मै सचेत हुदै तिब्बतको उदाहरणबाट सिक्नु पर्ने समेत उनले बताएका छन् ।’

योगी आदित्यनाथ गोरक्ष पीठका महन्त पनि हुन् । सो पीठ थुप्रै नेपालीहरुको आस्थाको केन्द्र पनि हो I

Facebook Comments